काठमाडौ । दशैंको मुखमा काठमाडौंको नागढुंगा छिचोलेर गल्छी पुग्न मात्रै सवारीले ८ घण्टा लाग्न थालेपछि यातायात विभागले विकल्प खोजेको छ । जामका कारण यात्रु यम्बुलेन्स भित्रै मृत्यु हुन थालेपछि प्रधानमन्त्रीको निर्देशनमा यातायात विभाले १२ गतेदेखि १९ गतेसम्म काठमाडौं भित्रिने ठुला मालवहाक सवारीलाई रोक लगाएको छ ।

यस्तै १६ गतेदेखि भने उक्त मालबहाक सवारी साधन बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै चल्न पाउनेछन् । दशैंका बेला काठमाडौंबाट घर फर्किने यात्रुहरु बाटैमा अलपत्र पर्ने गरेका कारण प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृहमन्त्रालय र यातायात विभागले यस्तो निर्णय गरेका हुन् ।

यस्तै गृहमन्त्रालयले नागढुंगा देखि नौबीसेसम्म ठुलो मात्रामा प्रहरी परिचालन गरी जाम नियन्त्रणमा लिने निर्णय गरेको छ । पर्वका बेला यात्रुको सुरक्षालाई मध्यनजर गर्दै थप सय जना ट्राफिक प्रहरी र २०० जना नेपाल प्रहरी गरी ३०० जना प्रहरी परिचालन गर्ने निर्णय गरेको हो । यस्तै प्रहरीले नागढुंगा देखि नौबिसेसम्म यदी ओभरटेक गरेको पाइएमा रु ३०० जरिवाना लाग्ने बताएको छ ।

काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी छन्। सय गाडीमध्ये ९५ वटा ट्रक भेटिन्छ। उकालोमा लोड भएका गाडी फस्ने, गियर जानेजस्ता समस्याहरू देखिँदा लामो समय जाम हुने गरेको प्रहरीको ठम्म्याई छ । यो खबर नेपाल समाचारपत्रमा प्रकाशित छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु