काठमाडौ । लामो समय देखि विवादमा पर्दै आएको एनआईसी एसीया बैंककका कर्मचारी र व्यवस्थापन पक्षबीचको झगडाले अर्कै रुप लिने देखिएको छ । कर्मचारीहरुले बैंकले आफूहरुमाथी आतंक सिर्जना गरेको, बिनाकारण जागिरबाट निकाल्ने, बेजिल्ला सरुवा गर्ने र त्रास देखाउने गरेको गुनासो गरेका छन् ।

एनआईसी एसियाले कर्मचारी कटौती गर्ने तयारी गरेकोले त्यसकै लागि मनोबैंज्ञानिक सिर्जना गरेको उनीहरुको गुनासो छ । १ हजार १ सय जना कर्मचारी कटौती गर्न लागेको बैंक उच्च स्रोतले स्विकार गरेको छ । त्यसका लागि पनि बाहना बनाउन सरुवा आतंक सिर्जना गरेको बताइएको छ ।

‘काम गरिरहेका कर्मचारीलाई विनाकारण निकाल्न नमिल्ने भएकोले निकाल्नुपर्ने कारण चाहियो, त्यसैले दुर्गम र अपायक पर्ने शाखामा सरुवा गरिएको गुनासो आइरहेको छ । कर्मचारी निकाल्नका लागि बैंकले कतिपय कर्मचारीले अपायक पर्ने गरी सरुवा गरेको छ ।

निकाल्ने लिष्टमा राखेका कर्मचारीलाई दार्चुला, ताप्लेजुङ लगायतका टाढाका जिल्लामा सरुवा गरेको आरोप लागेको छ । बैंकले गर्भवती महिला कर्मचारीलाई समेत अपायक सरुवा गरेको कर्मचारीले आरोप लगाएका छन् । टाढा जानुपर्ने भएकोले गर्भवतीले जागिर छाड्ने निश्चित भएको भन्दै अपायक सरुवा गर्ने गरेपछि महिला कर्मचारीहरुले प्रशासन समक्ष गुनासो समेत गरेका छन् ।

‘लामो समयदेखि सेवा गरियो तर संविधानले दिएको प्रजजन अधिकार सुनिश्चत गर्नुपर्ने बेला हामीमाथी आतंक सिर्जना गरेर निकाल्ने वातावरण बनाइएको छ’, नाम नबताउने शर्तमा एक महिला कर्मचारीले भनिन् ‘गर्भवती अवस्थामा दार्चुला र ताप्लेजुङ्ग पु¥याएपछि हामी कसरी काम गर्न सक्छौँ र रु बैंकले गर्भवतीलाई नै निकाल्ने नियतले गरेको हर्कत नरोकेमा आफूहरु कानूनी उपचारको लागि अदालत जाने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित खबरहरु