काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको बताएका छन् ।

तत्कालीन बिद्रोही नेकपा माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको जानकारी दिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन आफूले प्रधानमन्त्रीको रुपमा, राजनीतिक नेतृत्वको रुपमा निरन्तर पहल गरिरहेको बताए ।

प्रचण्डले भने, ‘म पनि द्वन्द्व पीडित हुँ, मैले पनि न्याय खोज्नु छ । अरुलाई दोष दिनु राम्रो होइन् । मेरो पनि जिम्मेवारी हो । तर राजनीतिक नेतृत्वले एक पक्षलाई मात्र दोषी देखाउन खोज्दा समस्या भएको छ ।’

नेकपा अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन अनुकूल वातावरण बनेको उल्लेख गर्दै त्यसलाई छिट्टै टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । उनले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन ढिलाई हुनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको उल्लेख गर्दै अब सत्ता र प्रतिपक्ष दुवै दल सो समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको पनि बताए ।

संक्रमणकालीन न्याय टुंगोमा नपु¥याए संघीय लोकतान्त्रिक गणतन्त्र आफै गुम्ने खतरा रहेको दावी गर्दै उनले राजनीतिक नेतृत्वले दोष एकातर्फ थोपर्ने सोच राखेका कारण समस्या उत्पन्न भएको दावी गरे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु