काठमाडौ । जनताका लोकप्रिय मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बानी ब्यवहार सुधार गर्न सके ९५ प्रतिशत मुटु रोगलाई नियन्त्रण गर्न सकिने दावी गर्नुभएको छ ।

उहाँले जीवन र परिवारबाट पहिलो शर्त राखेर नै चीनिलाई बाहिर निकाल्न सुझाव दिनुभएको छ ।

उहाँले स्वीट पोईजन भएका कारण चीनि तत्कालै हटाउँनुहोस् । गुलियो भएका मिठाई, चक्लेट, कोल्ड ड्रिङ्स पुरै हटाउँन उहाँको सुझाव छ ।

उहाँले भन्नुहुन्छ हामी सबैको इच्छा हुन्छ मुटु रोग नलागोस्। किनभने मुटु रोग प्राणघातक रोग हो। संसारमा सबैभन्दा बढी मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ। नेपालमा पनि मुटु रोगका कारण धेरै मानिसको मुत्यु हुने गरेको तथ्यांक छ।

मुटु रोग किन लाग्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा धेरैले चासो दिन्छन्। तर, सबैभन्दा ठूलो समस्या भनेको हामीले आफूलाई थाहा भएको कुरालाई व्यवहारमा लागू गर्न सक्दैनौं। जसका कारण रोगले सताइरहेको छ उहाँले भन्नुभएको छ ।

हामी सबै मुटु रोग नलागोस् भन्ने चाहना राख्छौं। मुटु रोग नलाग्न के–के गर्नु पर्छरु भनेर प्रश्न गर्ने धेरै हुन्छन्। चिकित्सकले उनीहरुलाई सुझाव पनि दिएका हुन्छन्। तर, धेरैले ती सुझावको पालना गर्दैनन्। सुझाव नमान्नुको कारण भनेको हाम्रो बानी नै हो। सानैदेखि हाम्रो जीवनशैली, आनीबानीका रूपमा विकासित भइसकेको हुन्छ।

पछि त्यसलाई परिवर्तन गर्न गाह्रो हुन्छ। ४० वर्षको उमेर पुगेपछि उच्च रक्तचाप, कोलेस्टेरोल, सुगर भयो भने हरेक दिन एक घन्टा हिँड्छु भनेर झन् गाह्रो हुन्छ। विगतको बानीका कारण हिँडडुल गर्न समस्या हुन्छ। एक दुई दिन हिँड्डुल गर्‍यो भने पनि फेरि पुरानै बानीमा फर्कने गर्दछन्। त्यसैले सबैभन्दा पहिले आफ्नो बानीलाई सुधार्नु पर्छ।

यदि बानी मात्र सुधार्न सकियो भने ९५ प्रतिशत मुटुको रोग घटाउन सकिन्छ। दीर्घरोगहरु जति छन् ती हाम्रो बानीका कारणले लाग्ने गर्छन्। एकैपटक रोगले च्याप्न थालेपछि बानी परिवर्तन गर्छु भनेर हुँदैन। रोग लाग्नै नदिन सानै देखि बानीमा सुधार गर्नुपर्छ।

सबैभन्दा पहिला गुलियो खानेकुराका विषयमा कुरा गरौं। गुलियो भन्नाले चिनी हो। चिनीमा रिफाइन कार्बोहाइड्रेट हुन्छ। यो काब्रोहाइड्रेट भात तथा गहुँमा हुनेजस्तो होइन। चिनीमा हुने कार्बोहाइड्रेट हाम्रो शरीरमा गएपछि विषजस्तै बन्छ। चिनी मिसाइएको खानेकुरा शरीरमा गएपछि मुटुमा हुनेलगायतका अन्य दीर्घ रोग उत्पन्न हुन्छन्।

चिनी भनेको गुलियो र नुनिलो पदार्थभन्दा पनि खतनाक हुन्छ भनेर अनुसन्धानले पनि देखाएको छ। चिनी बढी खाने मानिसलाई मुटु रोग बढी मात्रामा लाग्छ।

चाडवाडका बेलामा चिनीबाट बनेका परिकार धेरै खाइन्छ र स्वास्थ्यमा समस्या उत्पन्न गर्छ। सुगरका बिरामीले पनि चिनी मिसाइएका खानेकुरा खाइरहेका हुन्छन्। सुगर फ्री भनिएका मिठाइमा पनि क्यालोरी, बोसो बढी हुन्छ। त्यसकारण बजारमा पाइने सुगर फ्री भनिएका मिठाइ तथा पेय पदार्थ नखानु नै उत्तम हुन्छ।

अब कुरा गरौं नुनको। नुन स्वादका लागि जरुरी तत्व हो। जीवनका लागि पनि नुन जरुरी छ। हामी सबैलाई तरकारी, सागसब्जी धेरै खान सुझाव दिइरहेका हुन्छौं। तर, हाम्रो भान्छामा तरकारी पकाउँदा नुन धेरै हाल्ने चलन छ भने त्यो गलत हो। नुन धेरै हालेको तरकारी धेरै खाँदा त झन् बढी नुन खाइन्छ। त्यसकारण नुनको मात्रा एकदम कम राखेर तरकारी खानुपर्छ। कम नुन हालेर पनि मिठो हुने तरकारी धेरै खाँदा राम्रो हुन्छ। फलफूलमा नुन नहाली खाँदा राम्रो हुन्छ।

अनुसन्धानले के देखाएको छ भने एक जना मानिसले दैनिक ५ ग्राम मात्र नुन खानुपर्छ। तर हामीले १० ग्रामभन्दा बढी नुन खाइरहेका छौं। त्यसकारण आजैदेखि नुन कम खाने बानी बसाल्नुहोला। नुनको मात्रा घटाउन सागसब्जीमा कम नुन हालेर खानु पर्छ। लुकेको नुनीलो खानेकुरा पनि हामीले खान्छौँ। बजारमा बट्टामा प्याक गरेको खानेकुरा तथा अचारमा नुनको मात्रा अत्याधिक हुन्छ। त्यसकारण यस्ता नुनिलो खानेकुरालाई आफ्नो जीवनबाट आउट नै गर्नुपर्छ। बजारका यस्ता नुनिलो खानेकुरा नखाने हो भने घरमा पकाइने खानाको थोरै नुनले पनि हामीले पुग्छ।

खानेकुरामा हाम्रो भान्छामा नछुट्ने अर्को कुरा हो, चिल्लो पदार्थ। चिल्लो र बोसोयुक्त खानेकुराले मुटु रोग बढाउँछ। जनावरबाट पाइने बोसोयुक्त खानेकुरा रोगको घर हो। मासु खाने नाममा हामीले एकैपटक धेरै चिल्लो र बोसो खाइरहेका हुन्छौं। त्यसकारण यसलाई कमगर्न आवश्यक छ। १०–१५ दिनमा थोरै मात्रामा मासु खानु राम्रो हो। तर, एकै पटक र दैनिक धेरै मासु खानु गलत हो। त्यसकारण अब यो बानीलाई पनि सुधार्न आवश्यक छ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

अरु समयभन्दा चाडबाडका समयमा मानिसले मासु बढी खाने गर्छन्। जुन गलत हो। चिल्लो र मासु बढी खानु हुँदैन। अझ बजारमा पकाइएको मासु त झन् हानीकारक हुन्छ। ती मासु तथा खानेकुरा कस्तो तेलमा पाइएको हुन्छ केही थाहा हुँदैन। त्यसले शरीरलाई राम्रो गर्दैन।

यदि मासु खानुहुन्छ भने घरमा थोरै तेलमा पकाउने। मासु खाँदा सलाद पनि खाने। मासु पकाएको छ भने घरमा साग पनि पाकेकै हुनुपर्छ। मासुसँगै सलाद र साग खानु एकदम राम्रो हो। यदि तपाईको यो बानी छैन भने आजैदेखि यो बानी बसाल्नुहोला।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु