काठमाडौं । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्र'मणपछि अहिले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको आलोचना भइरहेको छ । यो बीचमा उनको चरित्रह'त्या हुने सामग्री पोष्ट गर्नेविरुद्ध महानगरले जाहेरी दर्ता गराएको छ । फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरिएका अ'श्लील श्रब्य–दृष्य र स्ट्याटस हाल्नेहरूविरुद्ध महानगरले जाहेरी दर्ता गराएको हो ।

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमसम्बन्धी जाहेरी दिइएको महानगरपालिकाले जानकारी दिएको छ । चितवनमा शनिबार भ्रष्टाचार विरोध अभियान्तका रूपमा चिनिएका शाहीमाथि आक्र'मण भएपछि महानगरप्रमुख दाहाल लक्षित सामाजिक सञ्जालनमा गालीगलोजसहित फोटो पोष्ट गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

घटनासँग सम्बन्ध नजोडिएको विषयमा महानगर प्रमुखको अपमान र चरित्रह'त्या हुने गरी भएको भ्रामक पोष्टहरू आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको जनाएको छ । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले महानगरको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी आएको बताए । गलत हर्कत गर्नेहरूको खोजी भइरहेकाले दोषीलाई कानुनी कार्वाही हुने उनले बताए । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु