काठमाडौं । आजका दिनमा खानपानको समस्या लगायत अन्य धेरै कुराहरुले गर्दा मुटु सम्बन्धि समस्या हुने गर्दछ । मुटु सम्बन्धिको रोग यतिसम्म हुन्छ कि बिरामीको कुन बेला ज्यान जान्छ भन्ने कुरा जानकारी हुँदैन । आज हामी तपाईलाई मुटु बचाउने तरिकाबारे जानकारी गराउन गइरहेका छौं ।

आवश्यकताभन्दा धेरै निदाउँदा मुटुमा समस्या बढ्न सक्ने धेरै अध्ययनहरुले देखाएको छन् । यस्तै, चीनको म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजमा भएको एक अनुसन्धानले धेरै निदाउने मानिसहरुमा मुटु रोगको खतरा बढ्ने बताएको छ । अनुसन्धानमा २१ देशका ११,७०० मानिसहरु सहभागी थिए ।

जसको उमेर ३५ देखि ७० वर्षको बीचमा थियो । यो अनुसन्धान ८ वर्षसम्म चलेको थियो । जसमा १ हजार मानिसहरु जो राती ६ देखि ८ घण्टा निदाएका थिए, उनीहरुमध्ये ७.८ प्रतिशत मानिसमा मुटु रोग (हार्ट फेल्योर) को समस्या देखिएको थियो । त्यस्तै ८ देखि ९ घण्टा सुत्ने १ हजार मानिसमध्ये ८.४ प्रतिशत र ९ देखि १० घण्टा सुत्ने मानिसहरुमा १०।४ प्रतिशत मानिसमा मुटुसम्बन्धी रोग देखिएको थियो ।

म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजका प्रोफेसर चुआंगसी वाङका अनुसार धेरै निदाउने मानिसमा मुटु रोग हुने र ज्यान नै जानेसम्मको खतरा देखिन्छ ।

उनका अनुसार शरीरमा भएका विभिन्न समस्याले गर्दा पनि मानिसहरु लामो समयसम्म निदाउँछन्, जसले झन् मुटु सम्बन्धी समस्या बढाउँछ । कति समय सुत्ने भन्ने कुरा मानिसको उमेसँग भर पर्दछ तर सामान्य रुपमा हेर्दा ८ घण्टा वा त्यो भन्दा कम सुत्नु राम्रो हुन्छ । एजेन्सी

सम्बन्धित खबरहरु