काठमाडौं । नेपालमा सर्वाधिक प्रयोगकर्ता भएको नेपाल टेलिकमले दसैंको अवसरमा विगत वर्षमा जस्तै विभिन्न आकर्षक अफर ल्याएको छ । टेलिकमले फोरजी एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफर दिएको जानकारी दिएको छ । फोरजी एलटीई सिम परिवर्तन गर्दा शुल्क लाग्ने छैन ।

टेलिकमले पहिलो पटक फोरजी एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयसहित दुई सय एमबी डाटा बोनस दिने बताएको छ । घटस्थापना (हिजो) देखि सुरु भएको यो छुट अर्को सूचना प्रकाशित नभएसम्म जारी रहने टेलिकमले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो सँगै टेलिकमले पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क उपलब्ध गराएको छ । प्रिपेड ग्राहकले पनि आगामी छठसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरिद गर्न सक्ने बताइएको छ ।

मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल व्यस्त भएको वा फोन अफ भएको समयमा पनि पछि स्वीच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलको जानकारी लिन सकिन्छ ।

टेलिकमले रिचार्जमा बोनससमेत दिने भएको छ । असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज गर्दा बोनस पाइने छ । ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

सम्बन्धित खबरहरु