काठमाडौ । नेपाल टेलिकमले आउँदो बुधबारदेखि देशका २६ वटा सहरमा चौथो पुस्ताको मोबाइल सेवा अर्थात ‘फोरजी’ सेवा सुरु गर्न लागेको छ । यो अवशरमा टेलिकमले अफर नै अफर दिएको छ । ‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ । नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ ।

आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ । यदि फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम अफिसमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।

टेलिकमले पहिलो चरणमा बुधबारदेखि दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, रुकुम, बाग्लुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा र पर्वतमा ‘फोरजी’ सेवा सुरु गर्दैछ । टेलिकमले अहिले काठमाण्डौ उपत्यका र पोखरामा ८ लाख ग्राहकलाई ‘फोरजी’ सेवा उपलब्ध गराइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु