काठमाडौ । अहिले सभामुख कृष्णबहादुर महरालाई संगीन आरोप लागेको छ । संसद् सचिवालयमै कार्यरत कर्मचारीमाथि यौ;न दुर्व्य;वहारको आरोप लागेपछि पक्षविपक्षमा चर्चा चलिरहेको छ । महराले आइतबार राति संसद् सचिवालयकै एक कर्मचारीको कोठामा पुगेर दुर्व्यवहार गरेको आरोप लागेको भए पनि आफूले त्यस्तो नगरेको दाबी गरेका छन् । उनले भनेका छन् आरोप लगाउँने महिला मेरो विद्यार्थी हुन् । उनले भनेको स्थानमा सरुवा नगरेका कारणले गर्दा उनले आफूमाथि आरोप लगाएको महराको दावी छ ।

आइतबार राति एक जना कर्मचारीले आफ्नो कोठामा आएर सभामुख महराले यौ;न दु;र्व्यवहार गरेको आरोप लगाएकी छन् । सभामुख महराले भने,‘‘ मैले भन्नुपर्ने कुरा प्रेस सल्लाहकार डिल्ली मल्लको वक्तव्यबाट आइसकेको छ । कुरा त्यही हो । त्यो भन्दा अरु भन्नु छैन । आइतबार राति म गएको होइन, बरु पहिला चाहिँ भेटघाट भएको हो ।” उनले थप स्पष्ट पारे उनी मेरो विद्यार्थी हुन् । मैले उनलाई पढाएको हो ।

सभामुख महराले आरोप लगाउने महिला आफ्नो विद्यार्थी भएको समेत जनाए । उनको भनाई थियो,‘‘ सरुवाको विषयलाई लिएर उनले त्यस्तो आरोप लगाइन् तर त्यस्तो केही भएको होइन ।’’ सभामुखको बारेमा उठेको गम्भीर सवाललाई लिएर केही जानकारी पाउनुभएको छ भन्ने बारेमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसँग जिज्ञासा राख्दा उनले भनिन्,‘‘ मेरो हिजो पनि सभामुखसँग भेट भएको हो । विधेयक प्रमाणित गर्नुपर्ने थियो र उहाँ आउनुभएको थियो । तर, पछिल्लो घटनाका बारेमा मलाई केही पनि जानकारी छैन ।’’

उनले घटना भएको भनिएको दिन आइतबार पनि सभामुखसँग आफ्नो भेट भएको तर यस्ता कुराको बारेमा कुनै जानकारी नभएको बताइन् । ती महिलाले सोही दिन प्रहरीलाई समेत घटनाको बारेमा जानकारी गराएको बताएकी छन् । नयाँ वानेश्वर वृत्तको प्रहरी घटनास्थलमा गएर जाँचबुझ गरेको समेत बताइएको छ । तर, प्रहरीले औपचारिक रुपमा सो घटनाको बारेमा केही पनि बताएको छैन ।

“हामी आइतबार राति पनि ती महिलाको कोठामा पुगेका थियौं,” वानेश्वर वृत्तका एक प्रहरीले भने, “हामी पुग्दा महरा त्यहाँ हुनुहुन्थेन । अहिलेसम्म हामीकहाँ लिखित उजुरी पनि आएको छैन । लिखित उजुरी आएपछि हामीले कारबाही प्रक्रिया अघि बढाउँछौं प्रहरीले भन्यो । जे भएपनि यति संगीन आरोप लगाउँने झुट्टा भए वा आरोपित जति सुकै शक्तिशाली भएपनि कानूनी उपचार हुन जरुरी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु