वल्र्डलिंक द्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग


काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो ।

 

वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्ष देखी नेपालका सहरी तथा ग्रामिण भेगमा इन्टरनेट सेवा पु¥याउँदै आएको छ । वल्र्डलिंकले पछिल्लो समयमा आफ्ना ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । त्यतिमात्रै नभएर कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ । यसै क्रममा कम्पनिले आफ्नोे सामाजिक उत्तर दायित्व अन्र्तगत मानव सेवा आश्रमलाई हालै १० लाख रुपैयाँ सहयोग गरेको हो ।

मानवसेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धाघाटन समहारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले वल्र्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै , असाहाय, बेसाहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि निस्वार्थ भावनालले सेवा गर्दै आएको मानव सेवा आश्र्रमलाई कम्पनीले १० लाख रुपैंया साथै मानव सेवा आश्रमका नेपाल भरि रहेका १६ ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए । ‘आश्रमले निस्वार्थ सेवाबाट सडकमा रात बिताउने बाध्य भएका असाहाय मानिसहरुलाई बस्नको लागि छत उपलब्ध गराएको छ ।’, उनले भने, ‘यस्तो संस्थालाई सहयोग गर्न पाउँनु हाम्रो कम्पनीको लागि पनि अवसरको विषय हो ।’

नेपालमा यस्ता असाहाय र कमजोर मानिसहरु धेरै छन । जालानले भने, ‘सबै व्यक्ति संघ संस्थाले सहयोगको हात बढाएको अवस्थामा यसको समाधान हुन सक्नेछ ।’ यहि भावनाका साथ कम्पनीले संस्थालाई सहयोग गरेको हो । कम्पनीले आगामी दिनमा पनि यस्तो सहयोगहरु गर्दै जाने उनले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
कक्षा ११–१२ को नतिजा प्रकाशन सम्बन्धी अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना