काठमाडौ । चिनियाँ प्रविधि कम्पनी एमआईले सबैभन्दा धेरै १०८ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले ‘एमआईएक्स अल्फा’ मोडलको यस फोनको मूल्य २८ सय डलर पर्ने अनुमान गरेको छ । यस फोनको स्क्रिन टु बढी रेसियो १८०.६५ हुनेछ ।

एमआइएक्समा तीन वटा क्यामरा हुनेछ । फोनमा एचएमएक्स सेन्सर जडित १०८ मेगापिक्सल प्राथमिक क्यामेरा, २० मेगापिक्सलको अल्ट्रावाइड र १२ मेगापिक्सलको पोट्रेट फोटो खिच्न मिल्ने हुनेछ । यसमा फ्रन्ट क्यमराको सुविधा भने हुने छैन । फोनमा डुअल सिम राख्ने सुबिधा पनि छ । यस्तै, फिंगर प्रिन्ट सेन्सर, वाइफाई , ब्लूटुथ, जीपीएस जस्ता सेवाहरु हुनेछन् । तर कम्पनीले यो फोनको व्यवसायिक उत्पादन कहिलेबाट हुन्छ भन्ने बारे केही जानकारी गराएको छैन ।

यद्दपी, एमआईले सन् २०१९ को अन्त्यसम्म केही सीमित उत्पादन गर्ने बताएको छ । यसअघि सामसुङले पनि १०८ मेगापिक्सलकै फोन बजारमा ल्याउने घोषण गरिसकेको छ । यस्ता छन् एमआईएक्स अल्फा’का विशेषता

  • डिस्प्ले : ७.९२ इन्च ओलिड डिस्प्ले
  • चिपसेट : स्न्यापड्रागन ८५५ प्लस
  • र्याम : १२ जीबी
  • स्टोरेज : ५१२ जीबी
  • ब्याट्रि : ४०५० एमएएच, ४० वाट फास्ट चार्जीङ स्पट
  • कनेक्टटिभीटी : फाइव जी तथा फोर जी
  • रेजोल्युसन : २०८८८२२५०
  • फ्रन्ट क्यामरा : छैन
  • रेअर क्यामरा : १०८ मेगापिक्सल, २० मेगा पिक्सल अल्ट्रा वाइड र १२ मेगा पिक्सल टेलिफोटो क्यामरा
  • ओपरेटिङ सिस्टम : गुगल एन्ड्रोड १०
  • मूल्य : २,८०० डलर

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु