दैलेख । कर्णाली प्रदेशअन्‍तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम विश्वका धेरै मानिसको आस्थाको धरोहर हो । यो दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने एक धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्यटकीयस्थल हो। उत्त स्थानमा प्रत्येक वर्ष जनैपुर्णीमाको अघिल्लो दिन देखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ।

समुन्द्र सतह देखि ४ हजार २ सय मिटर अग्लो फाँटमा रहेको रमणिय धार्मिकस्थलमा एउटा मात्र बर मागे पुरा हुने बिश्वास कायम रहेकाले प्रत्येक वर्ष हजारौ आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम पुग्ने गरेका छन। महाबु धामको दर्शन गर्नका लागी दैलेख सुर्खेत जाजरकोट कालीकोट जुम्ला नेपालगञ्ज लगाएतका जिल्ला र पछिल्लो समय भारततीय धार्मीक पर्यटक समेत महावु आउने गरेका छन् ।

महावुको र्दशन गरेमा पाप नष्ट हुने धार्मिक बिश्वासका कारण प्रत्यक वर्ष आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम जाने गरेका छन् । महावुको महिमा दुई जिल्लाको सिमाना पर्ने महाबु धाममा दैलेखको भुर्ति ठाउँका आर्चाय ब्राहमणका बोल्न नसक्ने छोरा भैसी चराउन गएको वेला ढुंगामा सुतेको अवस्थामा ढुंगा भित्रबाट शरिर धकेलीए पछि उनले आफुसंग रहेको हसीयाले खोतल्दा शिब भगवानको उत्पति भई दर्शन पाएको भन्ने किम्वदन्ती छ।

शिव भगवानको उत्पति भएपछि बोल्न नसक्ने आर्चाय ब्राहमणका छोरालाई बेद पढ्न सक्ने बरदान दिई शिला लिुगंमा दूध चढाउनु र अरु कसैलाई नभन्नु भनी आज्ञा दिएको भन्ने भनाई रहेको छ। उत्त कुरा उनका साथिले थाहा पाएपछि सबैलाई भन्न लगाएको र भनेका आचार्यका छोराले शिब भगवान बाट पाएको बरदान सुनाए लगतै उनको मृत्यु भएकाले यहि किम्बदन्तीअनुसार महावु धाममा दुई सय वर्ष अगाडिबाट शिव भगवानको र्दशनगर्न आउँन धार्मीक पर्यटकको बाक्लो उपस्तिथि हुने गरेको छ ।

मनले मागेको पूरा हुने विश्वास महावु धाममा दर्श गरे पछि मनले मागेको पूरा हुने विश्‍वास रहेको छ। सन्तान नभएकाले सन्तान मागेमा सन्तान हुने र पाप नाश हुने छ। पर्यटन प्रवर्द्धनका लागि ७ सय ७७ सिडी निर्माण महावु धाम जाने पर्यटकका सहजताका लागि २ किलोमिटर पदमार्ग सँगै ७ सय ७७ वटा सिडी निर्माण गरिएको छ।

कर्णाली प्रदेश पर्यटन वन तथा बातावरण मन्त्रालय अन्र्तरगत डिभिजन बन कार्यालय दैलेखले २ किलोमिटर पदमार्ग र ७ सय ७७ वटा सिडी निर्माण गरेको हो। उक्त पदमार्गका निर्माणकालागि डिभिजन वन कार्यालय दैलेख र उपभोक्ता समितिको श्रमदान सहित २३ लाख १० हजार ३ सयमा पदमार्ग निर्माण सम्पन्न भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु