काठमाडौं । अहिले विश्व जलवायु परिवर्तनको शिकार भइरहेको छ । विश्व अहिले पृथ्वी कसरी बचाउने भन्ने कुरामा लागेको छ । यो बीचमा विशवका धेरै देशहरुले पलास्टिक प्रयोगमा रोक लगाउने घोषणा गरेका छन् । भारतीय सरकारले पनि यो अभियान सुरु गरेको छ । केन्द्रीय सरकारले गोबरबाट बनेको नुहाउने साबुन र बाँस बाट बनेको एक बोतल बजामा ल्याएको छ ।

 

केन्द्रीय मन्त्री नितिन गडकरीले मंगलबार खादी र गाउँ उद्योग आयोगले बनाएको गोबर साबुन र बाँसको पानीको बोतल मंगलबार यहाँ प्रक्षेपण गर्नुभएको छ । आफू जैविक खेती र यसका फाइदाहरूको कडा समर्थक भएको उहाँले बताउनुभएको छ । एमएसएमई मन्त्री गडकरीले राम्रो प्रदर्शन गरिरहेका इकाईहरूलाई नेशनल स्टक एक्सचेन्जमा सूचीकृत हुन भन्नु भएको छ । उहाँले एमएसएमई मन्त्रालयले एक योजना प्रस्ताव गरेको खुलासा गर्नुभयो जस अन्तर्गत एमएसएमई इकाइहरु ९लघु, साना र मझौला उद्योग० मा १० प्रतिशत इक्विटी सहभागिता केन्द्र सरकारसँग हुनेछ ।

 

गडकरीले एक कार्यक्रममा भन्नुभयो कि २० एमएसएमईहरू नेशनल स्टक एक्सचेन्जमा दर्ता भएका थिए र अब उनीहरू पूँजी बजारमा प्रवेश गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘हामीले योजना तयार गरेर अर्थ मन्त्रालयमा पठाएका छौं, जहाँ सरकारले १० प्रतिशत इक्विटी योगदान गर्नेछ ।’ उहाँले खादी र गाउँ उद्योग आयोगले दुई वर्षमा १०,००० करोड भन्दा बढीको व्यवसाय गर्नुपर्ने र विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दाका लागि ठूलो रोजगारी सिर्जना गर्नुपर्दछ भन्नुभयो ।

 

खादी र गाउँ उद्योग आयोगले बेचेको उत्पादनको ब्रान्डि याको महत्त्व र उपभोक्ताहरू बीच जैविक वस्तुहरूको बढ्दो स्वीकृति गाडकरीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘महात्मा गान्धीको आर्थिक सोचको गुणवत्ता र राम्रो पेशेवरको लागि सम्झौता नगरी हामीलाई व्यावसायिक र पारदर्शी दृष्टिकोण चाहिन्छ ।’ बाँसबाट बनेको बोतलको मूल्य ५६० (भारु) रुपैयाँ हो र १२५ ग्राम साबुनको मुल्य १२५ (भारु) रुपैयाँ हो । यो सर्वसाधारणले कति रुचाउँछन त्यो भन्ने हेर्न बाँकी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु