काठमाडौ । महिला कर्मचारीमाथि यौ'न दु'र्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । संसद् सचिवालयको स्वास्थ्य एकाइमा कार्यरत महिला कर्मचारीले आफूमाथि महराले यौ'न दु'र्व्यवहार गरेको आरोप लगाएकी थिइन् । सत्तासीन नेकपा सचिवालय बैठकले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो । तर, उनले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’, राजीनामा पत्रमा भनिएको छ ।

महराले आफूमाथि निराधार र गलत आरोप लगाएको दाबी गर्दै आएका थिए । तर उनीमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजीनामा दिएर छानबिनमा सहयोग पुर्याउन दबाब परेको थियो । महिला कर्मचारीले आफूमाथि महराले दुर्व्यवहार गरेको आरोप सार्वजनिक गरेसँगै सत्तासीन नेकपामा हल्लीखल्ली मच्चिएको थियो । सोमबार रातिदेखि नै नेता–नेताबीच टेलिफोनमा कुराकानी भएका थिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छलफलका लागि बिहानै बालुवाटार बोलाएका थिए । नेम्वाङले ‘गम्भीर कुरा उठेकाले पार्टीको पोजिसिन’ स्पष्ट गर्नुपर्ने सुझाव अध्यक्षद्वयलाई दिएका थिए । प्रधानमन्त्री ओलीले महरासँग फोनमा कुराकानी गरेका थिए ।

महराले आफू निर्दोष रहेको भन्दै आरोप लगाउने महिलाको कोठामा नगएको दाबी गरेका थिए । तर सञ्चारमाध्यममा प्रसारित महिलाको भिडियो हेरिसकेका ओलीले महरालाई उल्टै हपारेका थिए । ‘सबै कुराले तपाईं त्यहाँ गएको कुरा पुष्टि भइसक्यो,’ ओलीले महरालाई भनेका थिए । तर महराले आफु निर्दोष रहेको दावी गरिरहे । ओलीले एक्लै झपारिरहेको खबर बाहिर आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु