काठमाडौ । अवशर पाएभने नेपालीले जे पनि गर्न सक्छन् भन्ने उदाहरण त यसअघि धेरै छन् । नेपाली खेलाडीहरु विदेशी टोलीमा पुग्न सक्नुमात्र हैन त्यहाँ पुगेर विश्व चकित हुने जादुमय प्रर्दशन गरिरहेका खबरपनि आइरहेका छन् । तर नेपालकी छोरी खेलकुद क्षेत्रमा यति ठूलो उचाईमा पुगेको यो पहिलो खबर हो ।

नेपाली छोरी महिला फुटबल खेलाडी अस्मिता आले इंग्ल्याण्डको यू–१९ फुटबल टिममा परेकी छिन् । १७ वर्षीया अस्मितालाई उनको प्रदर्शनका आधारमा टिममा राखिएको हो । इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्याण्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछिन्। अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । सेन्टर डिफेन्डर अस्मितालाई यतिबेला इंग्ल्याण्ड महिला टिमको भविष्यका स्टार खेलाडीका रुपमा पनि हेरिन थालिएको छ ।

को हुन अस्मिता अस्मिता आले ?
अस्मिता भुतपूर्व नेपाली ब्रिटिस आर्मीकी छोरी हुन् । नेपाली समुदायलाई इंग्ल्याण्डको फुटबलमा परिचित गराउने पहिलो महिला खेलाडी बनेकी अस्मिताले निकै सानो उमेरदेखि खेल्न थालेकी थिइन् । आफ्ना दाजु असिमको खेल हेरेर फुटबल खेल्ने रुची राखेकी अस्मिताले २०११ मा एस्टोन भिल्लाको यू–११ को टिममा पहिलो पटक परीक्षण दिएकी थिइन् । उनका दाजु असिमले इंग्ल्याण्डको चेतयान्ड क्लबबाट १२ वर्ष मुनिको फुटबल खेलेका थिए भने पछि निनियटोन ब्याइजबाट प्रतिस्पर्धा गरेका थिए ।

पहिलो पटक ११ वर्ष मुनिको समूहमा ट्रायल दिएकी अस्मिताले सबैलाई इम्प्रेस पारेकी थिइन् । उनले भिल्ला पार्कमा दुई साताको परीक्षण दिएकी थिइन् । जसमा उनका प्रशिक्षक निकै प्रभावित भएका थिए । उनको गति, डिफेन्सको शैलीले प्रशिक्षकलाई प्रभाव पारेको थियो । त्यसपछि उनले ११, ११, १५ वर्ष मुनिको फुटबल खेलेर अहिले १७ वर्ष मुनिको टिममा स्थान बनाएकी हुन् । यसका साथै उनलाई इंग्ल्याण्डको महिला फुटबलकी भविष्यकी खेलाडी हुने विश्वास गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु