त्रिविको १९ औं उपकुलपतिमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा सिफारिस


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित समितिले डा।. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ ।

सिफारिस समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहनु भएकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

डा. कोइराला वरिष्ठ मुटु शल्यचिकित्सक हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकसमेत बनेका थिए । त्यसैगरी हालै नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकास पाएका डा. बास्कोटा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । तेस्रो नम्बरमा सिफारिस भएका डा. पौडेल चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन् । उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए ।

शिक्षामन्त्रीको गिरिराजमणि पोख्रेलको नेतृत्वमा अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो । प्रा।डा। तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर