काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जनसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो ।

सङ्गठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा आज जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ । यसैगरी कात्तिक २० र २१ गते सङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु