काठमाडौ । वर्ल्ड नेपाली म्युजिक अवार्ड हुँदैछ । यसका लागि छनोटमा परेका विभिन्न विधाका स्रष्टाहरुलाई भोटिङ मार्फत बिजेता घोषणा गर्ने प्रक्रियापनि शुरु भइसकेको छ । कलाकार देशका गहना हुन भन्ने चरित्रार्थलाई बास्तविकतामा उतार्न र एक दिर्गकालिन सोच र उदेश्यका साथ नेपाली संगीत लाई संरक्षण गरौ । अन्तराष्ट्रिय क्षेत्रमा प्रर्बधन गरौ । भन्ने नाराका साथ नेपाली संगीत ईतिहासमा पहिलो पटक अन्तराष्ट्रिय अवार्डको कार्यक्रम आयोजना भइरहेको छ ।

यो अवार्ड घोषणा गर्न पाउँदा गौरव महसुस भएको आयोजकले जनाएका छन् । प्रांरम्भिक चरणको गत जून २१ बिस्व संगीत दिवसको दिनबाट नेपालमा बिभिन्न महिला र पुरुष गरी अठार विधामा तय गरिएको बुँदा अनुसार संसार भरी बाट सातसय बयासी (७८२) निवेदकहरुको निवेदन पर्न आएको आयोजकले जनाएको छ । जसमध्ये गत सेप्टेम्बर मा नेपालको निर्णायक मण्डल (जुरी कमिटी ) ले अठार बिधामा टप १० को घोषणा गरिएको छ।

अबको टप १० बाट अठार बिधाका टप थ्रि (३) को लागि एसएमएस, अनलाईन, फेसबुक भोटिङ यो अन्तिम म्याद यही अक्टोबर १५ सम्म मात्र छ । यसबाट नेपालको जुरी कमिटीले टप थ्री को नतिजा अठार विधामा छनौट हुने छ । अन्तिम उत्कृष्ट (Grand Finale ) को नतिजा न्युयोर्क Laguardia plaza Hotel न्युयोर्कको सभाहलमा नोभेम्बर 23 तारिख 2019 मा बिशेष समारोहका विच घोषणा हुने छ । उक्त समारोहमा बिशेष ब्यक्तित्वहरुबाट उदघाटन पुरस्कार वितरणका साथमा विविध सांस्कृतिक कार्यक्रम सहित उत्कृष्ट नेपालका ख्याति प्राप्त गायक तथा गायिकाहरुको विशेष प्रस्तुती रहने दावी गरिएको छ ।

कार्यक्रममा एक स्थापित लोकप्रिय डिजे जाङबो माईकलको साथमा भरपुर मनोरन्जन दिलाउने तयारी रहेको आयोजक टीमका कन्भेनर राज कुमार बिष्टले जानकारी दिनुभयो । यही अवार्डको प्रतिस्पर्धाको सूचीमा सबैको मनमा बस्न सफल गीतकार दिपा राई पुनपनि हुनुहुन्छ ।

उहाँ हाल उत्कृष्ट ४ मा हुनुहुन्छ । तपाईहरुको भोटिङकै आधारमा उहाँलाई उत्कृष्ट ३ मा छनोट गर्न सकिन्छ । उहाँ यो अवार्डको भागिदार हो । कर्मयोगी र श्रोता, दर्शकको मन छुने गीत रचना गर्न सक्ने गीतकार दिपा राई पुनलाई भोट गर्नुहोस् । भोट गर्नका लागि तलको प्रक्रिया पुरा गर्नुपर्नेछ । यो लिंकको पेज खोलेर [लिंक शब्दमा थिच्नुहोस् । ] Best Lyricst मा गएर Deepa Rai Pun को फोटोमा लाइक गरिदिनु भएको मात्र भोटको रूपमा मान्यता हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु