टेस्ट क्रिकेटः भारतद्वारा दक्षिण अफ्रिका पराजित


विशाखापटनम, रासस/एएफपी । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ । जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए ।

तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए । यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ ।

स्कोर बोर्ड

भारत – पहिलो इनिङ – ५०२ रन, दोस्रो इनिङ ३२३ रन (जितका लागि ३९५ रनको लक्ष्य प्रस्तुत)
दक्षिण अफ्रिका – पहिलो इनिङ – ४३१ रन, दोस्रो इनिङ १९१ रन (२०३ रनले पराजित)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर