नेदरल्याण्डविरुद्ध सन्दीप र करणको चमत्कारीक चार–चार विकेटले १३३ रनमै समेटियो


काठमाडौं । पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपाललाई दोस्रो खेलमा नेदरल्याण्डले १३४ चुनौति दिएको छ। पहिले व्याटिङ गरेको नेदरल्याण्डले निर्धारित १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो। नेपालको तर्फबाट सबैभन्दा बढी सन्दीप लामिछाने र करण केसीले समान ४-४ विकेट लिए। संदीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका हुन्। यसबाहेक ललित राजवंक्षीले १ विकेट लिएका छन्।

अहिले नेपालले ब्याटिङ्ग गरिरहेको छ । नेपालले अहिले ४ वीकेट गुमाउँदै १४ ओभरको समाप्तिमा ७८ रन जोड्न सफल भएको छ । खेल अहिलेपनि जारी छ । नेपाल लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।

यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो। यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ।

यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ। एउटा खेल रद्ध भएको थियो। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।.

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर