माता सबिता सरु शर्मा आचार्य । हाम्रो वौदिक र सनातन धर्मले हाम्रो अन्तस्करणको आवाजलाई सिंचन गरेको हुन्छ र यसैमा हामीहरुले हाम्रो संस्कृति गाँसेका छौँ । हाम्रो समुदायबीचको एकता अनि प्रेमको प्रतीक बनेका छन् । हाम्रा चाडपर्वहरु सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूले हामीलाई सत्य र नैतिकतामा रहने मार्गदर्शन गरेका छन् । हामीहरुलाई विजयादशमीले हरेक वर्ष यही यथार्थको झल्को दिइरहन्छ । असत्य परित्याग गर्दै सत्य अवलम्बन गर्ने प्रेरणा प्राप्त हुन्छ ।

यस्ता मौलिक परम्पराबाट हामीले शिक्षा लिनुपर्ने हो । विडम्बना त्यस्तो हुन छाडिसक्यो र नयाँ पुस्तालाई सांस्कृतिक यथार्थबाट वञ्चित पारियो । राजनीतिका पात्रले मौलिक चिनारीको जगेर्ना गर्न चाहेनन् । विगत डेढ दशकदेखि विकासको नाममा विनाशको बाटो खनियो । हाम्रो धर्म–संस्कृति र सभ्यता समाप्त पार्न मूल पात्र नै प्रयोग भए । अझै भइरहेका छन् र धर्तीमा उत्पत्तिपछि अन्त्य निश्चित छ ।

यही मात्र शाश्वत हुन यसको बोध मूल पात्रहरूमा हुन सके यतिविघ्न बेथिति मुलुकले बेहोर्ने थिएन । राजनीति पनि शुद्धीकरणतर्फ उन्मुख हुन्थ्यो र यहाँ सत्य स्वीकार गरिँदै शक्ति र धनको मोहले सर्वत्र गाँजेको छ मुलुक बनोस्–नबनोस् त्यसको प्रवाह छैन । यही वास्तविकतामा आम नेपालीले दिनचर्या गुजार्नु पर्दैछ । र हामी के थियौं ? के भयौं ? पुर्खाले के सिकाए ? अहिले के गर्दै छौं ?

यति पनि हेक्का राखिँदैन जसरी हामीहरु जसले पनि हाम्रा पुर्खाको नासोलाई संरक्षण गर्दैन । उसको जीवन तहसनहस हुन् अहिले हाम्रा गौरवपूर्ण आदर्श बिर्सने काम भएको छ । अब आएर नेपाली समाज आयातीत संस्कृतिमा रूपान्तरण हुने प्रबल सम्भावना देखिन्छ । राज्यले धर्म र संस्कृतिको संरक्षण गर्ला भन्ने रत्तिभर विश्वास नागरिकमा छैन । त्यसैले यसलाई जोगाउन नागरिक स्वयं चनाखो हुनुपर्ने परिस्थिति निम्तिएको छ र हाम्रो वैदिक स्रष्टा ऋषि, महर्षिहरूद्वारा स्थापित धर्म नै हाम्रो मूल धर्म हो ।

जसलाई अवलम्बन गर्दा सम्पूर्ण प्राणीको कल्याण हुन्छ सनातन धर्ममा सबै प्राणी ईश्वरका सृष्टि मानिन्छन् र सृष्टिको कुनै कानुन हुँदैन साथै सनातनदेखि प्रयोगमा आएका परम्परा एवं सभ्यता नै यसको कानुन हो यसलाई मान्नु सभ्य नागरिकको दायित्व बन्छ । तर यहाँ प्रकृतिले निर्माण गरेको नियमलाई मान्न पनि संकोच मानिन्छ अहंकारी माउतेले राजनीतिको घोडा दौडाएको छ कता जाने हो थाहा छैन । जथाभावी दौडाएको घोडाले नागरिक चाहना कति पूरा हुन्छ ?

यसको लेखाजोखा समयले गर्ने नै छ र दसैं–तिहारजस्ता चाडपर्वले हामीलाई एक ढिक्का बनाएको छ र हरेक जाति र समुदायले आफ्नै तरिकाले पर्व मनाउने गर्छन् । सनातन धर्मबाहेक अन्य धर्म मान्नेहरूको पनि आफ्नै संस्कार र परम्परा हुन्छ र हाम्रो मुलुकभित्र मानिने धर्म–संस्कृतिको संवद्र्धनभन्दा पश्चिमी संस्कृतिको सुरक्षामा सत्ताको निष्ठा अधिक देखिन्छ ।

होलिवाइन प्रकरण यसको ज्वलन्त उदाहरण पनि हो । सत्ताबाटै विदेशी संस्कृतिको संरक्षण भइदिँदा हाम्रो सांस्कृतिक एकता ओझेल पर्न गयो र अहिले सग्लो नेपाली र सिंगो नेपालको परिचय भेट्टाउनसमेत हम्मे–हम्मे छ । यतिबेला हाम्रो महान चाड विजयादशमीजस्तो महान् पर्वको पनि यहाँ हुर्मत लिन थालियो । पछिल्लो समयमा यसलाई अमूक जातिको विशेष पर्व भनी भ्रम छरिँदै छ जबकि वैदिक सनातन धर्म भनेको हिन्दु धर्म हो । विभिन्न धार्मिक तथा ऐतिहासिक दस्ताबेजमा सृष्टिको पहिलो सभ्यता यहाँको धर्ती भएको प्रमाणित गर्छ र पहिलो मानव धर्म पनि यहींबाट उत्पत्ति भएको पाइन्छ ।

त्यही मानव धर्मलाई पछि आएर वैदिक सनातन हिन्दु धर्म भनियो । हजारौं वर्षदेखि बसोवास गर्दै आएका यहाँका जाति–जनजाति आदि सबैको मूल धर्म वैदिक सनातन धर्म नै हो । यो कुरा वेदले समेत यसको पुष्टि गरेको पाईन्छ । अहिले आएर आयातीत संस्कृतिमा रमाउने केही देशीविदेशी तत्वले हाम्रो धर्म–संस्कृतिमा भ्रम छर्ने काम गर्दै छन् जात–जातैपिच्छे अलग संस्कृति हुन्छ भन्दै कित्ता काट्ने काम हुँदै छ र हाम्रो जात–जातीहरुको भाषाको फरक संस्कृति न हिजो थियो न आज छ र अब विस्तारै तथ्य उद्घाटित हुँदै छ यस सत्यलाई समेत ढाकछोप गर्न षड्यन्त्रपूर्ण तवरले तानाबाना बुनिएको थियो । जुन अहिले आएर क्रमशः च्यातिँदै छ हाम्रो समाज र धर्मको पालना गरौँ । जय नेपाल । विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

माताका केही विशिष्ट अनुयायी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु