काठमाडौं । सरकारले विभिन्न पदमा जागिर खानेहरुको लागि सुनौलो अवसर सृजना गरेको छ । गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायहरुमा बुधबार ८८ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले पाँचौँ तह तथा सातौँ तहसम्मका प्राविधिक कर्मचारी करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । मन्त्रालयले इन्जिरसिभिल, इन्जिरसिभिल (बी एन्ड आर) र इन्जिर हा।जि। तर्फ पदपूर्ति गर्न लागेको हो ।

मन्त्रालयले पाँचौँ तहअन्तर्गत ल्याब टेक्निसियन ६, असिस्टेन्ट हा।जि। (इन्जिर हा.जि) १, सबइन्जिनियर(९इन्जिरसिभिल–बी एन्ड आर) ७ र सबइन्जिनियर, इन्जिरसिभिल ३७ माग गरेको छ ।

यी पदका लागि उम्मेदवारले सम्बन्धित विषयमा कम्तिमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । असिस्टेन्ट हा।जि।का लागि भने जियोलोजी विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै सातौँ तहअन्तर्गत हाइड्रोजियोलोजिस्ट १, इन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) ८ र इन्जिनियर (इन्जिरसिभिल) २८ जना माग गरिएको छ ।

यी पदका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्नेछ भने हाइड्रोजियोलोजिस्ट पदका लागि जियोलोजी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सातौँ र पाँचौँ तहका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

उम्मेदवारले लोकसेवा आयोगको वेबसाइटबाट फारम डाउनलोड गरी भर्न सक्नेछन् । दरखास्त दिने अन्तिम मिति कात्तिक ५ गतेसम्म तोकिएको छ ।मन्त्रालयले लिखित परीक्षाको मिति पनि तय गरेको छ ।

जसअनुसार सातौँ तहको इन्जिनियर (इन्जिरसिभिल) र हाइड्रोजियोलोजिस्ट पदका लागि कात्तिक १९ गते, सातौँ तहको इन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) र पाँचौँ तहको असिस्टेन्ड हा.जि. पदका लागि कात्तिक २० गते, त्यस्तै पाँचौँ तहको सबइन्जिनियर (इन्जिरसिभिल), सबइन्जिनियर (इन्जिरसिभिल–बी एन्ड आर) र ल्याब टेक्निसियन पदको परीक्षा क्रमशः कात्तिक २१, २२ र २३ गते तोकिएको छ । सबै परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

 

सम्बन्धित खबरहरु