जागिर र अध्ययनमा हरेकलाई हुने यस्ता भ्रम हटाउन अवश्य एक पटक पढ्नुहोस्


बीर बहादुर वली । यहाँ केहि प्रश्नहरु छन् । अध्ययन र जागिरसँग सम्बन्धित विषयमा धेरैसँग भ्रम छ । यसैले जिज्ञासापनि धेरै छ । तिनीहरुको उत्तरसँग सम्बन्धित सामाग्री यहाँ प्रस्तुत हुँदैछ । क्रिपया एकचोटि तपाईंले पनि पढ्नुहोस् ।

तपाईले आफ्नो अध्ययनको बारेमा चिन्ता लिनुपर्दैन। अरुले पढिरहेका छन् । मैले चै किन पढ्न सकिन । कहाँ जाऊँ कसलाई भनौँ भन्ने छ भने तपाईं तत्कालै कुनै अध्ययन संस्थानमा सम्पर्क राखिहाल्नुहोस् । त्यहाँ गएर सोधपुछमा सबै जिज्ञासा पुरा गरिहाल्नुहोस् । अझ तपाईले कुनैपनि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क राख्नुभयो भने त्यहाँ प्राईभेट परीक्षाको ब्यवस्था छ । कुनै क्याम्पस नै भनाई नभई ।

सिँधै परीक्षा दिन पाउँने ब्यवस्था छ । फारम खुलेको बेला बुझेर तपाईले त्यहाँ सिँधै सम्पर्क राखेर परीक्षा फारम भर्न सक्नुहुनेछ । अरु विद्यार्थी सरह परीक्षा दिन पाउनुहुनेछ । दूर शिक्षाको तपाईको अर्को विकल्प हुनसक्छ । जुन तपाई घरमा नै बसेर विद्युतीय माध्यमबाट सरले पढाएका कुरा हेरेर सुनेर सिक्न पाउँनुहुनेछ । खुल्ला विश्वविद्यालयलेपनि आफ्ना विभिन्न कार्यक्रम ल्याएको छ ।

यसैले शैक्षिक योग्यता बढाउँन बुढेशकालमा के क्याम्पस जानु भन्ने संकोच आजैबाट हटाउँनुहोस् । यी सबै विकल्प रोजेर आजैबाट माथि उक्लिनुहोस् । कुनै एक विकल्प पनि छ। यसबाट तपाईले एक उपयुक्त छनौट गर्न सक्नुहुन्छ। कामको साथ, तपाईं सजिलैसँग आफ्नो रोजाईको उच्च शिक्षा प्राप्त गर्न सक्नुहुनेछ। तपाईले जागिरमा अगाडि बढ्ने फाइदा पनि प्राप्त गर्न सक्नुहुनेछ वा यसको आधारमा तपाईले राम्रो कामको लागि पनि प्रयास गर्न सक्नुहुन्छ।

रोजगारिका शिलशिलामापनि कामबाट राजीनामा गर्नु अघि, वा जागिर सुरु गर्नु अघि तपाईले कस्तो किसिमको काममा बढी रमाइलो पाउन सक्नुहुन्छ भन्ने बारे होसियारीपूर्वक विचार गर्नुपर्दछ। यदि तपाईं बैंकको जागिरमा सहज हुनुहुन्न र निजामती सेवा तपाईंको सपना हो भने, पक्कै पनि तपाईंले जागिर पाएपनि निजामती सेवामा नै बल गर्नुहोस् ।

अझ सबैभन्दा उपयुक्त कुरा त के भने तपाईको सपना लोकसेवा कै छ केही खर्चकोपनि जोहो गर्नुपर्नेछ भने शिक्षणमा सामेल हुन सक्नुहुन्छ। यसले तपाईले नै अध्ययन गर्ने र सिकाउने बढी अवसर प्राप्त गर्न सक्नुहुनेछ । तपाईले सिभिल सेवा परीक्षाको लागि अझ राम्रो तयारी गर्न सक्नुहुनेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर