काठमाडौ । भुटानमा आयोजना हुने महिला साफ यू९१५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली भुटानमा छ। असोज २२ गतेदेखि २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली सोमबार भुटान प्रस्थान गरेको हो। सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ।

भुटानमा रहेका नेपाली टोलीले साइतअनुसार दशैको टिका लगाएका छन्। टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलरक्षक प्रशिक्षक, मीनबहादुर बस्नेतले नेपाली टिमलाई बडा दशैंको टीका लगाएर आशीर्वाद दिएका हुन्। नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ। फाइनल असोज २८ गते हुनेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु