इटहरी । हाम्रो समाजमापनि फल्मी शैलीका अ'पराधहरु लगातार भइरहेका छन् । सुनसरीको इटहरी १७ मा यस्तै एक वि'भत्स घटना भएको छ । दसैंको टिकाको दिन त्यहाँ निक्कै द'र्दनाक घटना घटेको हो । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् ।

श्रीमान् झु'न्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको ला'स बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको ह'त्या गरेर आफू पनि झु'न्डिएको हुनसक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झु'न्डिए को अवस्थामा फेला परेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान पुर्याएका थिए ।

अस्पतालले मृ'त घोषित गरेपछि फर्काएर ला'सलाई बेर्न कपडा खोज्नको लागि घरभित्रको टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको ला'स भेटिएको पोख्रेलले बताए । घरमै ६ वर्षकी छोरी स्वस्तीकाको समेत ला'स बो'रामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको छ । ‘श्रीमतीको टाउकोमा प्र'हार गरेको देखिन्छ भने छोरीको टाउको लु'लो अवस्थामा रहेकोले मुन्टो ब'टारेर मा'रेको हो कि जस्तो देखिन्छ,’ पोख्रेलले भने ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मा'रेर दिउँसो राकेश झु'न्डिए को हुनसक्ने बताइएको छ । राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पोख्रेलले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु