काठमाडौ । नेपाली राजनीतिज्ञ बेला–बेला सुट (कोट) वा ब्लेजर लगाउँन नजान्दा आलोचित हुने गर्छन । किनकी यसको आफ्नै नियम छ । नियम नजान्दा जो कोही लज्जित हुने गर्दछन् । क्यासिक र जेन्टलम्यान लुकको लागि सुटभन्दा बेस्ट उपाय अर्को छैन । सुट सेट वा ब्लेजर हरेक इभेन्टमा सुहाँउछ । तथापी सुट सेटलाई फर्मल इभेन्टमा बढी लगाईन्छ । सुट लगाउँदा पनि केही नियमहरु छ । सिंगल ब्रेस्ट कोट वा डबल ब्रेस्ट कोट लगाउँदा नै होस् कोट लगाउने पनि सहि तरिका छ । सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा दुई वटा छ ।

  • तपाई सिंगल ब्रेस्ट वा डबल ब्रेस्ट कुन कोट लगाउँदै हुनुहुन्छ ?
  • सिंगल ब्रेस्ट कोटमा १,२ वा ३ कति वटा बटन छ ?

सिंगल ब्रेस्ट वा डबल ब्रेस्ट : कोटमा एउटा कोलममा मात्र बटन छ, र बटन लगाउँदा थोरै मात्र कपडा एकमाथि अर्को खप्टिन्छ भने त्यसलाई सिंगल ब्रेस्ट कोट भनिन्छ । जबकी डबल ब्रेस्ट कोटमा दुई वटा कोलममा बटनहरु हुन्छन् । बटनहरु समानान्तर र लगाँदा धेरै कपडा आपसमा खप्टिन्छ ।

सिंगल ब्रेस्ट कोट वा ज्याकेटको लागि नियमहरु : प्राय चल्तिको कोट, ज्याकेटहरु सिंगल ब्रेस्ट हुन्छ । यसको बटन कसरी लगाउने भन्ने विषय यसमा रहेको बटनको आधारमा तय हुन्छ ।

एक बटन

  • यदि ज्याकेट वा कोटमा एउटा मात्र बटन छ भने उभिदा यसलाई सर्धै बन्द गर्नुपर्छ ।
  • बस्दा बटन खोलेर बस्नुपर्छ ।

दुई बटन

  • दुई बटन भएको कोट लगाउँदा माथिल्लो बटन उभिदा सधैँ लगाउनुपर्छ ।
  • बस्दा दुवै बटन खुल्ला छोड्नुपर्छ । तर फेरी बसेर उठ्ने हो भने माथिल्लो बटन पुन लगाउनुपर्छ ।
  • दोस्रो बटन उभिदा वा बस्दा सधैँ खुल्ला छोड्नुपर्छ ।

कोट, ज्याकेटको अन्तिम बटन सधैँ खुल्ला छोड्नुपर्छ । किन ? किनकी दुई बटन भएको कोट यसरी नै डिजाईन गरिएको हुन्छ । स्टाईलको लागि मात्र दोस्रो बटन राखिएको हो । कोटको अन्तिम बटन लगाउँदा तल्लो पेटको एरिया टाईट देखिन्छ र त्यसपछि हिपदेखि तलको भाग फैलिएको देखिन्छ । दोस्रो कारण भने दुई बटै बटन लगाउँदा कोटको छातिको एरिया उठेको जस्तो देखिन्छ । अन्तिम बटन नलगाउने नियम तीन बटै बटन भएको कोटमा पनि लागु हुन्छ ।

तीन बटन

कोटमा तीन वटा बटन छ भने पहिलो बटन जे गरेपनि हुन्छ । दोस्रो उभिदा सधैँ लगाउनुपर्छ । र तेस्रो माथि भने जस्तै सधैँ खुला छोड्नुपर्छ ।

  • उभिदा पहिलो बटन लगाए पनि हुन्छ । तथा खुल्लै छोड्दा केहि फरक पर्दैन ।
  • दोस्रो बटन उभिदा सधैँ लगाउनुपर्छ । बस्दा खुला छोड्ने र पुन उभिदा पुन लगाउने ।
  • तेस्रो बटन कहिल्यै नलगाउने ।

प्राय तीन वटा बटन हुने कोटहरु पहिलो र अन्तिम बटन खुल्लै छोड्नको लागि बनाईएको हुन्छ । कतिपयमा कोटको गलाले पहिलो बटनलाई छोपेको हुन्छ । र, लगाउँदा असहज हुन्छ भने पहिलो टाँक नलगाएकै राम्रो हुन्छ । त्यस्तै अन्तिम बटन लगाउँदा पनि असहज महसुस हुन्छ ।

यदि तीनभन्दा बढी बटन भएको कोट छ भने पनि अन्तिम बटन सधैँ खुल्ला छोड्नुपर्छ । तर, अक्सर कोटमा तीन वटा मात्र बटन हुन्छ ।

डवल ब्रेस्ट कोट वा ज्याकेटको लागि नियमहरु : डबल ब्रेस्ट कोट लगाउन सबैभन्दा सजिलो छ । डबल ब्रेस्ट कोट लगाउदा सबै बटनहरु लगाउनुपर्छ । एउटा मात्र बटन खुल्ला छोड्ने हो भने पनि अनौठो देखिन्छ । यदि कुनै बटन खुल्लै छोड्ने नै हो भने पनि पहिलो बटन भने सधैँ लगाउनुपर्छ ।

परम्परागत तरिकाले नियम फलो गरेर कोट लगाउने हो भने यसका नियमहरु यी हुन् । तर, छ नि एउटा भनाई ‘अकवरी सुनलाई कसी लाउनु पर्दैन’ भनेजस्तै जसरी लगाएपनि लुगा आखिर लुगा नै हो । आफुलाई जसरी सहज हुन्छ त्यसरी नै लगाउने हो ।

तर फेरी यो सोचौ कसैगरि कुनै मौकामा विशिष्ट व्यक्तिहरुसंग भेट गर्न जादैँ हुनुहून्छ, वा विदेशी पाहुनासंग उठबस गर्नुपर्ने भयो वा अन्र्तवार्ता लिन जानुपर्ने भयो भने नियम फलो गरेरै लगाएको राम्रो, कि कसो मित्रहरु ?

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु