काठमाडौं । उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो । तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।

सम्बन्धित खबरहरु