काठमाडौँ । एक लोकप्रिय लोक कथा अनुसार, एउटा एकदमै धनी व्यक्ति थियो । उसलाई सबैले साहु भनेर बोलाउँथे । साहुको छोरा भने एकदमै बिग्रिएको थियो । उसलाई धनको घमण्डले बिगारेको थियो । उसलाई पैसाको मात लागेको थियो । साहुको छोराले केटीहरूलाई जिस्काउने ,यातना दिने यथ्यो । छोराको यस्तो बानी देखेर साहु चिन्तित थियो । छोरालाई उसको यस्तो बानीले नराम्रो बाटोतिर लैजान्छ भन्ने साहुलाई हरपर यो कुराले पिरोल्न थालेको थियो ।

चिन्तित साहु एक दिन एउटा विद्वान् ऋषि कहा गए र भने कि महाराज मेरो छोराको भविष्य उजाड देखिन्छ, कृपया उसलाई सुधार्न मदत गर्नुपर्यो भन्दै बिन्ती गर्यो । विद्वान् ऋषिले उसको आग्रलाई सजिलै स्वइकार गरे र भने भोली देखि छोरालाई म कहाँ पठाउँनु । ऋषिले यति भनिसकेपछि साहु ऋषिलाई धन्यवाद दिदै मनमा केही आशा बोकेर घरतिर लाग्छ ।

 यो घटनामा ८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

अर्को दिन साहुँले छोरालाई ऋषिकोेमा पठाउँछ । त्यहाँका ऋषिहरु एकदमै विद्वान् थिए । उनीहरू केटालाई लिएर बगैंचामा गए। सन्तले केटालाई सोधे कि यो सानो बोट हो तिमिले यसको जरा उखेल्नुपर्छ । ऋषिले भनेझै केटाले तुरुन्तै बिरूवा उखेल्यो । यस पछि, ऋषिले केटालाई अलि ठूलो बिरूवा उखाल्न आग्रह गरे , केटाले केही बल प्रयोग गरे र उसलाई पनि उखेल्न सफल भयो ।

केटाले किन आफुलाई बिरुवा उखेल्न लगाएका छन् भन्ने कुरा ज्ञात थिएन । ऋषिले फेरी ठुलो रूख औंल्याउँदै भने, अब यसलाई पनि तिमिले उखेल्नु पर्छ । जब केटाले उक्त बिरुवा उखेल्न कोसिस गर्यो तब उसलाई यो बिरुवा एक्लैले उखेल्न नसक्ने महसुस गर्यो । उनले ऋषिलाइ आफुले एक्लै गर्न नसक्ने बताए पछि ऋषिले उसलाई भने कि हाम्रो खराब बानी पनि त्यस्तै हुन्छ। तपाईं अहिले तिमि बच्चा नै छौँ त्यसैले गर्दा तिम्रो खराब बानीको जरा पनि कमजोर छ।

यदि तिम्रो यी बानीहरू अब हटाएयौँ वा तपाईं छोडेयौँ भने, तिम्रो जीवन सफल हुनेछ, तर यदि तिमिले यी बानीहरू अब छोडेनौँ भने, तिनीहरू बिस्तारै बढ्नेछन् र जब उनीहरूको जरा बलियो हुन्छ, तब यो उखाल्न असम्भव हुनेछैन भनेर सम्झाए । ऋषिले यति भनेपछि केटाले आफ्नो नराम्रो बानी छोड्ने वाचा गर्यो । यस कथाको पाठ भनेको कुनै पनि खराब बानी सुरुमा छोड्नुपर्दछ, अन्यथा यो बिस्तारै बढ्न थाल्छ र जीवनलाई बिगार्न सक्छ।

सम्बन्धित खबरहरु