वर्षौपछि यसकारण सम्झनामा आए गिरिजाप्रसाद कोइराला


काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति, सहकार्य र एकताबाट मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको प्रदेश, जिल्ला र विदेश शाखाका प्रतिनिधिका लागि आयोजना गरेको ‘प्रशिक्षण कार्यक्रम’मा उहाँले लोकतन्त्र बलियो भए मात्र मुलुकको विकास हुने बताउनुभयो ।

 

“गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनुभएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र र गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउँछ”, उहाँले भन्नुभयो । नेतृ कोइरालाले लोकतन्त्रलाई बलियो बनाउनका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । फाउण्डेशनको अमेरिका शाखाका संयोजक सोमनाथ घिमिरेले फाउण्डेशनले गिरिजाबाबुको योगदानलाई विश्वमाझ फैलाउन नयाँ पुस्तालाई तालीम र अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

फाउण्डेशनको ललितपुरका संयोजक जितेन्द्र श्रेष्ठले फाउण्डेशनलाई सामाजिक कार्यक्रमका क्रियाशिल बनाउनुपर्ने धारणा राख्नुभयो । फाउण्डेशनको काठमाडौँ संयोजक अर्जुन पराजुली, रुपन्देहीका संयोजक खेलराज पाण्डे, नवलपुरका संयोजक झपेन्द्र भुसाल, धादिङका संयोजक बामदेव अधिकारी, सङ्खुवासभाका संयोजक चित्रा कार्की अधिकारीलगायतले फाउण्डेशनले जनस्तरमा पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सातै प्रदेशका संयोजक, जिल्ला संयोजक र विदेशस्थित विभिन्न देशका संयोजकको सहभागीता थियो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो फाउण्डेशनले सात प्रदेश, ७७ जिल्ला र विदेशका झण्डै एक दर्जन मुलुकमा शाखा विस्तार गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
कक्षा ११–१२ को नतिजा प्रकाशन सम्बन्धी अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना