काठमाडौं । अहिले सामाजिक सञ्जालमा पुर्ब युवराज पारस शाहको चर्चा चुलिएको छ । उनी अक्सर आफ्नो व्यवहारका कारण चर्चामा रहने गर्दछन् । अहिले उनी चर्चामा आउँनुको कारण भने सोनिका रोकाया हुन् ।

अहिले शाह परिवारबाट फरक एक्लै बस्दै आएका छन् । लामो समय थाइल्यान्डमा बसेर नेपाल आएका उनी अक्सर केटीका कारण विवादमा पर्दै आएका छन् । उनी एक सम्पन्न परिवारको सन्तान भएका कारण उनी गलत्त बाटोमा लागेको धेरैको बुझाई रहेको छ ।

हालैं बाहिर आएको भिडियोमा मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन्, ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो ।

तपाई पनि नेपाली म पनि नेपाली’ त्यसपछि उनको बाइकमा एक केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ । मोटरसाइकलको पछाडि बस्ने केटी उनै सोनिका हुन् ।

यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो विचार राखेका छन् । प्रभात किशोर उपाध्यायले लेखेका छन, ‘म सँग कुनै पनि बादीको कुरा नगर्नुस् , म नेपाली हो अनि तपाईं हामी सबै नेपाली हौँ ! युवराज पारस शाहको यो बिचार लाई म सलाम गर्छु !

एउटी केटी सोनिका रोकाया लाई बाईको पछाडी बसाल्यो भन्दैमा यत्रो बिबाद किन ? अरु भिडियो नि हेर्नुस पारस शाहाले सर्वसाधरणलाई पनि बाईक चढाएका छन,घुम्ने क्रममा पारस शाहा र सोनिका बिच भेट भएको थियो,आफ्नो बाईक हो जसलाई नि घुमाउन सकिन्छ !

यो मानवको स्वतन्त्रता पनि हो ! कसैसँग सकारात्मक सम्बन्ध राख्छ भने दुनियाँको टाउको दुखाई किन ? कसैलाई बलत्कार गरेको केसमा मुद्दा हालेको त छैन नि ? लुकिछिपी बलत्कार गर्ने नेताहरुको कायरताको अगाडि पारस शाहको बहादुरी लाई मान्नै पर्छ !’

अर्का एकजना दिनेश पराजुलीले भनेका छन, ‘कति राम्रो विचार, ‘हामी नेपाली हौ वादी भनेर छुट्याउने काम नगर्नुस्’ कुनै दलालका भरियाको हिम्मत छ यति कुरा गर्न सक्ने ?

हिजो सम्म साह्रै घृणा गर्थे यिन (पारस शाह) लाई अरुकै कुरा सुनेर आज यिनकै कुरा सुनेपछि डाइहर्ट फ्यान भए म आज देखि सधै सम्मान गर्छु ।’ भन्दै लेखेका छन् । यता सोनिकाले पनि आफुहरु पुरानो स्कल देखिको मित्र भएको भन्दै बाहिर चर्चा भए जस्तो सम्बन्ध नभएको स्पष्ट पारेकी छिन् ।

 

सम्बन्धित खबरहरु