काठमाडौं । लामो समय नेपाली क्रिक्रेट टिम सम्हालेका पारस खड्काले पदबाट राजीनामा दिएका छन् । उनको अहिले चारै तिर तारिफ भइरहेको छ । कमजोर व्यवस्थापानकाबीच पनि खेलाडीहरुको कडा परिश्रमले नेपाल आज यो उचाइमा पुगेको छ । उनले क्याप्टेन पदबाट राजीनामा दिए पनि केही नयाँ गर्ने विचारमा रहेका छन् । उनको राजीनामा पछि नेपाल स्थित अमेरिकी राजदूत र्यान्डी बेरीले राष्ट्रिय क्रिकेट टिमको कप्तानी छोडेका पारस खड्कालाई बधाई दिएका छन् ।

राजदूत बेरीले सामाजिक सञ्जाल ट्विटरमार्फत क्रिकेटर खड्कालाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट कप्तानका रूपमा शानदार पारीका लागि म पारसलाई बधाई दिन चाहन्छु । उनको भावी योजना, एउटा खेलाडीका रूपमा समेत, का लागि शुभकामना छ ।’ उनले थप्दै विशेष मेरो क्रिकेट सिकाइको लागि समय लिनुभएकोमा धन्यवाद !’ पनि भनेका छन् । उनले यो सब खड्कासँग खिचेको तस्विरमा राखेका छन् ।

https://twitter.com/USAmbNepal/status/1184340567670611968

सम्बन्धित खबरहरु