नाम चलेको एक चर्चित अस्पतालको यस्तो धन्दा बाहिर आयो, ५ जना पक्राउ !


काठमाडौं । नाम चलेको एक चर्चित अस्पतालमाथि गम्भीर आरोप लागेको छ । नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले निदान अस्पतालका कार्यकारी निर्देशक बिपेन्द्र प्रधानसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको आरोप लागेको छ ।

 

यसै सूचनाको आधारमा मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले उक्त घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले निदान अस्पतालका सिईओ बिपेन्द्र प्रधानसहित अस्पतालका कानुनी सल्लाहकार कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मृगौला ग्रहण गर्ने बिरामी शंकरलाल लामालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान र कारबाही हुने मानब बेचविखन अनुसन्धान व्यूरोले जानकारी दिएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता