लामो समयपछि यस्तो अवस्थामा भेटिए उत्तर कोरियाली नेता किम जङ अन [५ तस्वीर हेर्नुहोस्]


काठमाडौं । उत्तर कोरियाली नेता किम जङ(अनले घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेको त्यहाँको समाचार संस्थाले बताएको छ । राज्य नियन्त्रित केसीएनएले जारी गरेका तस्बिरहरूमा किमले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडा चढेको देखिन्छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

किमले दुई हजार ७५० मिटर अग्लो सो हिमाल चढेको यो पहिलो पटक होइन र विज्ञहरूका अनुसार यसअघि ठूलो घोषणा गर्नु अगाडि उनले सो हिमाल चढेका छन् । उत्तर कोरियाको परिचयमा पेक्टु हिमालको विशेष स्थान छ र यसलाई किमको बुवाको जन्मस्थल मानिन्छ ।

केसीएनएले बुधवार जारी गरेको समाचारमा भनिएको छ, ‘पेक्टुको शिखरमा घोडामा बसेर उनले सो हिमाल जत्तिकै बलियो विश्वास र इच्छाले सबैभन्दा शक्तिशाली देश निर्माण गर्ने महान् कार्यका लागि गरेको कठिन सङ्घर्षलाई गहिरो भावले मनन गरेका छन् ।’

सन् २०१७ मा उनले नयाँ वर्षको उपलक्ष्यमा दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध सुधार हुनसक्ने सङ्केत गर्नु केही हप्ताअगाडि पेक्टु भ्रमण गरेका थिए।किमले तीन पटक सो हिमाल चढेर र एक पटक सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपतिसँगै त्यहाँ भ्रमण गरेको बताइन्छ ।

केसीएनएले सन् २०१७ मा जारी गरेको तस्बिरमा किम कालो छालाको जुत्ता लगाएर शिखरमा उभिएको देखिएको थियो।एउटा सक्रिय ज्वालामुखी पेक्टुमा चार हजार वर्षभन्दा अगाडि पहिलो कोरिया अधिराज्यका संस्थापक ड्याङ्गुनको जन्म भएको मानिन्छ । चीन र उत्तर कोरियाको सीमामा रहेको यो हिमाल उत्तर कोरियाली राजधानीबाट सयौँ किलोमिटर टाढा पर्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षालाई लिएर यस्तो आयो त्रिविको नयाँ जानकारी [सुचनासहित]
शिक्षामन्त्रीका १९ महिना : ३६ काम
पढेको कुरा हुबउ याद गर्नको लागि यी ५ तरिका अपनाउँनुहोस्
परीक्षा तालिका सरेकोबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
अब नयाँ विद्यालय सञ्चालनमा रोक
हाम्रो सरकार

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल


सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी