काठमाडौं । केही दिन पहिले विमानस्थल तोडफोड गरेको आरोपमा सांसद पक्राउ परेपछि राजपाले आन्दोलन गर्ने भएको छ । संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध राजपा धनुषाले जिल्ला बन्दको आह्वान गरेको छ । साहले बुद्ध एयरको जहाज तोकिएको समयभन्दा तीन घण्टा ढिलो गरी आएको भन्दै आतंक मच्चाएका थिए ।

File Photo

राजपा धनुषा अध्यक्ष मण्डलको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । सांसद साह पक्राउको विरोधमा कात्तिक २ गते शनिबार धनुषा जिल्ला बन्द गर्ने निर्णय गरिएको राजपा जिल्ला संयोजक प्रमोद यादवले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उहाँका अनुसार बिहीबार नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गर्न लागिएको छ । यस्तै कात्तिक १ गते साँझ मशाल जुलुस निकाल्ने राजपाले जनाएको छ । सांसद साहमाथि दर्ता भएको मुद्दा फिर्ता नलिइए अझ कडा आन्दोलन गर्नुका साथैं बुद्ध एयरलाई पनि जनकपुरमा उडान भर्न नदिने धम्की दिएको छ ।

सम्बन्धित खबरहरु