काठमाडौं । अचानक भएको सडक दुर्घटनामा ३५ जनाले ज्यान गुमाएका छन् । खाडी मुलुक साउदी अरबको मदिना प्रान्तमा बुधबार (हिजो) साँझ एक दुर्घटनामा ३५ जनाको मृत्यु भयो । यो दुर्घटना साँझ ७ बजे अल–अखल क्षेत्रमा भएको थियो । पुलिसका अनुसार आप्रवासीहरूले भरिएको बस अनियन्त्रित भई ट्रकसँग ठक्कर खाएको थियो । दुर्घटना लगत्तै तुरुन्तै आगो लाग्यो । बसमा करीव ३९ जना सवार थिए ।

ज्यान गुमाउनेहरुमा एशियाली र अरब मूलका नागरिक परेका छन् । घाइतेहरुलाई अल–हमना अस्पतालमा भर्ना गरिएको छ । मर्नेहरुमा नेपाल, भारत, पाकिस्तान लगायत एशियाली मुलुकका नागरिक भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको साउदी प्रहरीले जानकारी दिएको छ । कसैंको पनि अहिलेसम्म परिचय नखुलेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु