काठमाडौं । रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ । हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो बम विस्फोट ।

१२ वर्षपछि बुधबार अपराह्न नयाँ पत्रिका टिम सो गाउँ पुग्दा सन्नाटा थियो । इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए । १५ जनाको दरबन्दी भएको कार्यालय ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो । खासमा मोहम्मद अफ्ताव आलमको ‘आतंक’ भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न डराउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अझ उनलाई गिरफ्तार गरेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यालयमा समेत आक्रमण हुन सक्ने आशंकाले प्रशासनले प्रहरीको फौज बढाएको थियो । प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएका छन् । अझ पक्राउ गर्दा त राज्यले ठूलै जोखिम लिएजस्तो अवस्था थियो । किनकि उनलाई पक्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि ‘स्ट्यान्डबाई’ थियो ।

चुनावमा जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न तयार पारिएको बम अचानक विस्फोट भएपछि घाइतेलाई उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न बम बनाउनेहरूलाई नै जिउँदै इँटाभट्टामा हालिएको थियो । तर, यति ठूलो अपराध पनि तत्काल लुकाउन आलम सफल भए । त्यति मात्र होइन, उनले ०६४ को संविधानसभा निर्वाचन जितेपछि उनको ‘आतंक’ जिल्लामा झन बढ्यो । किनकि उनी सांसद मात्र होइन मन्त्री पनि बने । ०६६ मा माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्री भएपछि उनले कानुनलाई पनि कब्जामा लिए ।

मृतकका परिवार सर्वोच्च अदालतसम्म पुग्न खोजेपछि तत्कालीन महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नै अघि बढाउन नसकिने भन्दै निवेदन खारेज गरिएको थियो । तर, घटनाबारे अनुसन्धान गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन परेपछि तत्कालीन न्यायाधीश सुशीला कार्की र डा। भरतबहादुर कार्कीको संयुक्त इजलासले घटनालाई गम्भीर प्रकृतिको भन्दै प्रमाण बुझ्न आदेश दिएको थियो । १३ जेठ ०६९ मा सर्वोच्चले दिएको सो आदेशपछि थप प्रमाण बुझी कानुनअनुसार कारबाही गर्न निर्देशन दियो । आजको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबरहरु