काठमाडौं । सन् २००९ देखि अस्ट्रेलियाको ब्रिसबनमा हरेक दुई वर्षमा आयोजना गरिने अस्ट्रेलियाव्यापी नेपाली नृत्य सम्पन्न भएको छ जस्मा एकल, जोडी र समूहगत नृत्य गरिएका थिए । पाँचौं पटक गरिएको नृत्य प्रतियोगितामा विभिन्न राज्यहरूबाट ६२ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायक नेपालबाट आएकी सुविना श्रेष्ठ थिइन् ।

नेप्लिज एसोसिएसन अफ क्युन्सल्यान्ड ९एनएक्यू० र एनआरएनए अस्ट्रेलियाले गरेको प्रतियोगितामा एकलतर्फको उपाधि सुमन गुरुङले हात पारे भने जेनी गुरुङ दोस्रो र सुनीता लामा तेस्रो भइन् । यसैगरी जोडी नृत्यतर्फ वर्षा पुन र सुमन गुरुङ पहिलो, किरण थापा मगर र कामना पौडेल दोस्रो र प्रकृति पाण्डे र समीक्षा श्रेष्ठ तेस्रो बने । समूहगत नृत्यतर्फ अमित काफ्ले, अस्मिता थापा, अमित थापा, रोजिना ठकुरीले पहिलो स्थान उपाधि जितेका थिए भने सिमोन श्रीपाली, सरिना सैंजू, सुकृति आचार्य र रिभिका खरेलले दोस्रो र उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रभिसा श्रेष्ठले तेस्रो स्थान हात पारे ।

दुई दिनसम्म चलेको यस प्रतियोगिताको मुख्य उद्धेस्य दोस्रो पुस्ताका बालबालिकालाई नेपाली नृत्य, गीतसंगीत र कलासंस्कृतिसँग नजिक गराउनु रहेको कार्यक्रम संयोजक केशव शर्माले बताए । उनले हरेक दुई वर्षमा आयोजना गरिने यस प्रतियोगिताले यहाँ हुर्कंदै बालबालिकालाई नेपाली कलासंस्कृतिबारे जानकारी दिने मात्र नभएर उनीहरूबीच सम्बन्ध स्थापना गर्न समेत सहयोग पुर्‍याएको बताए ।

प्रतियोगिताको विजयीलाई नगदका साथै ट्रफीसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा एकलतर्फका विजेताले ५ सय डलर, जोडी नृत्यका विजेताले ७ सय डलर र समूहगत नृत्यका विजेतालाई ९ सय डलर पुरस्कार प्रदान गरिएको थियो । यसैगरी दोस्रो स्थानका प्रतियोगीलाई क्रमशः ३ सय, ४ सय र ५ सय डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।

अष्ट्रेलिया न्युजिल्याण्डस्तरिय नेपाली लोक नृत्य प्रतियोगिताको समुहगत विधामा ब्रिजवेन प्रथम भएको छ । दुइ दिनसम्म चलेको प्रतियोगितामा विभिन्न राज्यका १० टोलीलाई पछि पार्दै व्रिजवेनको डि नाइनटिन समुहले प्रथम स्थान हासिल गरेको हो । अमृत काफ्ले, अश्मिता थापा, अमित थापा र रोजिना ठकुरी सहभागी यो समुहले झ्याउरे नृत्य प्रस्तुत गरेका थिए ।

समुहगत विधामा सिड्नी दोस्रो हुन सफल भएको छ । नेपलिज अष्ट्रेलियन एशोसियसन एनएएको तर्फ न्यु साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै यो समुहले कौरा नृत्यु प्रस्तुत गरेका थिए । समुहमा सिमोन श्रीपाली, सरिना सैंजु, शुकृति आचार्या र रिभिका खरेल सहभागी थिए ।

त्यस्तै समुहगत विधाको तेस्रो स्थान भने मेलवर्न हासिल गरेको छ । भिक्टोरिया राज्यको प्रतिनिधी द एभरेष्ट क्रुले तेस्रो स्थान हासिल गरेको हो । यो समुहमा उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र परिभाषा श्रेष्ठले नृत्य गरेका थिए ।

त्यस्तै, जोडी लोक नृत्यतर्फ मेलवर्नका वर्षा पुन र सुमन गुरुङ प्रथम, व्रिजवेनका किरण थापा र कामना पौडेल दोस्रो र तेस्रो स्थान पनि व्रिजवेनकै प्रकृति पाण्डे र समिक्षा श्रेष्ठले जितेका छन् । एकल नृत्यतर्फ मेलवर्न कै सुमन गुरुङ प्रथम भएका छन् भने दोस्रो स्थान पनि मेलवर्नकै जेनी गुरुङ सुरक्षित गरेकी छिन् । तेस्रो स्थानमा पर्थकी सुनिता तामाङ विजयी भएकी छिन् ।

प्रतियोगिताका लागि १० समुह, ९ जोडी र १७ वटा एकल नृत्य छनोटमा परेको थियो । जसमध्ये न्युजिल्याण्डबाट दुइ समुह थिए । अष्ट्रेलियाको तास्मानियाबाहेक सबै राज्यबाट कम्तिमा एउटा समुह छनोटमा परेका थिए । सुशिल चालिसे, सविना कुँवर र अनिशा ढुंगानाद्धारा सन्चालन गरिएको उक्त कार्यक्रममा क्विन्सल्याण्डका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत जोय टूना, पूर्व सिनेटर श्रीमती क्लेयर मूरे लगायत नगरपालिका एबं बिभिन्न संस्थाहरुको प्रतिनिधिहरुको प्रतिनिधित्व थियो ।

लुम्बिनी कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले शुभ(कामना सन्देश मार्फत हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भन्दै अभियानकोतर्फबाट हुन गइरहेको नृत्य प्रतियोगिताको लागि सफलताको कामना पठाएका थिए ।

सम्बन्धित खबरहरु