नेपाल टेलिकमले ग्राहकहरुको लागि ल्यायो यस्तो अफर


काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ ।

डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको रु एक हजार २०० को प्याकलाई रु एक हजार, रु तीन हजार ४०० को प्याकलाई रु तीन हजार, रु ६ हजार ४०० को प्याकलाई रु पाँच हजार, रु पाँच सय र रु १२ हजार ३०० को प्याकलाई अब रु १० हजार ५०० मात्र पर्ने भएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरीद गर्न सकिन्छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं