काठमाडौं । हालै चिनियाँ राष्ट्रपति सि जिनफीङको सफल भ्रमण गराएको नेपाल अन्य देशका राष्ट्रप्रमुखलाई पनि ल्याउने विचारमा रहेको छ । नेपाल सरकारका सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण गराउन खोजिरहेको जानकारी दिनु भएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल रुपमा सम्पन्न भएको र ट्रम्प तथा पुटिनलाई स्वागत गर्न प्रयासरत रहेको जानकारी दिनुभयो ।

उहाँले सरकार विश्वका नेता बोलाएर सगरमाथा सम्वाद गराउने तयारीमा रहेको जानकारी दिनुभयो । बाँस्कोटाले ट्रम्प र पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट आमन्त्रण भइसकेको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिका होस् चाहे रुस उच्चस्तरीय भ्रमणका लागि हामी प्रयासरत छौं ।’ उहाँले भ्रमणको समयबारे भने अहिल्यै खुलाउन नसकिने स्पष्ट पार्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु