कम्युनिस्टहरुको आचरणमा सुधार नआए हामी पतन हुन समय लाग्दैन् : अध्यक्ष प्रचण्ड


काठमाडौं । पछिल्ला दिनहरुमा सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका लगतार चर्चा गर्दै आउँनु भएको छ । उहाँले पार्टीको सिद्धान्त र नेताहरुका तालमेल नभएको कुरा पटकपटक भन्दै आउँनु भएको छ । उहाँले आफुहरुमा सत्तामा गएपछि फेरिने पुरानै रोग भएको बताउनु भएको छ । आज धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएको ५–७ वर्षमा कर्मचारी जस्तो हुने गरेको टिप्पणी गर्नुभएको हो ।

 

सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा हुने भए पनि सरकारमा गएपछि फेरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन् । कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी..।’ यति भनेपछि उहाँले हाँस्दै चढ्न पनि पर्यो भन्नुभयो । राजा फालेपनि कर्मचारीतन्त्र पुरानै भएको र उनीहरुसँग संगत गर्दागर्दै कम्युनिस्ट नेताहरु पनि कर्मचारीजस्तै हुँदै गएको उहाँको आरोप रहेको छ ।

कर्मचारी जस्ता नेता भएपछि परिर्वतन खतरामा पर्ने र जनता निराश हुने उहाँले दावा गर्नुभयो । नेकपा अध्यक्ष प्रचण्डले अब यस्तो खतरा आउँदैन भन्नका लागि पनि पार्टी एकता गरेको खुलासा गर्नुभयो । सत्तामा पुगेपछि कम्युनिस्टहरुले अब हाम्रो पालो भनेर पद, प्रतिष्ठा पैसा खोज्नतिर लाग्ने र आफैं पतन भएर जाने कुराको ख्याल गर्न चेतावनी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तहको नतिजा सार्वजनिक : एसएमएसबाट यसरी नतिजा चेक गर्नुहोस्
स्नातकोत्तर तहको नतिजा प्रकाशित : मोबाईल एसएमएसबाट यसरी हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे निर्णय लिने
स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता