काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेको थियो । छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजिनामा दिइसक्नुभएको छ । बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु