काठमाडौं । अर्बपति बिनोद चौधरी राजनीतिमा भए पनि उनको चर्चा व्यवसायीक दुनियाँमा धेरै हुन्छ । नेपालका सर्वाधिक धनी चौधरी र चीनका धनाढ्य ज्याक माबीच भेटवार्ता भएको छ । सिंगापुरमा आयोजित फोर्बस् सीइओहरुको सम्मेलनमा सहभागी हुने क्रममा उनले बिहिबार मासँग भेट गरेका हुन् । ज्याक मा हालैमात्र अली बाबा कम्पनिको सीइओ त्यागेर परोपकारी (शिक्षण) पेशामा लागेका छन् ।

https://twitter.com/BinodKChaudhary/status/1184662291511250945

मासँगको भेटका क्रममा चौधरीले उनको विद्धतता र अन्तरमनले कुरा गर्ने स्वभावबा प्रभावित भएको जनाएका छन् । उनले ट्वीटरमा मासँगको भेटबारे उल्लेख गरेका हुन् । ज्याक मा सम्पत्तिका अलावा सोचका कारण पनि लोकप्रीय छन् । उनी परोपकारी कामका अलावा अध्यापन पनि गराउन थालेका छन् । चौधरी नेपाली कांग्रेसका तर्फबाट सांसद हुन् ।

https://twitter.com/BinodKChaudhary/status/1184663126647529473

सम्बन्धित खबरहरु