काठमाडौं । धनुषाको हंसपुर नगरपालिकामा प्रहरीद्वारा ६ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले धनुषाको हंसपुर नगरपालिकामा तस्कहरुविरुद्ध गरेको कार्वाहीमा हवाई फायर गरेको हो । आज हंसपुर नगरपालिकास्थित निकाल गाउँमा भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको बताएको छ । भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा तस्करले अवरोध खडा गरे पछि प्रहरीले हवाइ फायर गरेको बताइएको छ । तस्करले गाउँका महिला र बालबालिकालाई प्रयोग गरेर अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

आज करिब साँझ ६ बजे प्रहरीले हवाइ फायर गरेपछि सर्वसाधारण तितरवितर भएका र तस्करहरुले ल्याएको सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको सामान करिब २५ लाख रुपैयाँ बराबरको हुनसक्ने अनुमान प्रहरीको छ । निकाल गाउँमा तस्करीको सामग्री जम्मा गरेको सूचना प्राप्त भएपछि सो सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

सम्बन्धित खबरहरु