फिलिपिन्सका राष्ट्रपतिले प्रहरीलाई भने, ‘मान्छे मार्न सुरु गर, बरु सँगै जेल जाउँला’


काठमाडौं । पटकपटक विवादमा पर्दै आएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले फेरि एक विवादास्पद बयान दिएका छन् । उनले उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्नतामा भएको लागुऔषध तस्करी काण्डमा मुछिएका प्रहरी अधिकृत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनै विवादास्पद प्रहरीलाई दुतेर्तेले मनिलामा सार्वजनिक रुपमै यस्तो आदेश दिएका हुन् । राष्ट्रपति दुतेर्तेले भनेका छन्, ‘बाकालोद लागुऔषधले ग्रस्त क्षेत्र हो । जहाँ मैले एस्पेनिदोलाई नियुक्त गरेको छु । मैले उनलाई त्यहाँ गएर जोसुकैलाई मार्न तिमी स्वतन्त्र छौ भनेको छु । ––– का छोराहरु ! मार्न सुरु गर । त्यसपछि हामी दुबैजना जेल जाउँला !’ उनले आक्रोशित बनेर फिलिपिनो र अंग्रेजी दुबै भाषामा यस्तो गाली दिएका थिए । दुतेर्तेले यसअघि पनि धेरै पटक रंगभेदी, जातीय तथा धार्मिक घृणा फैलाउने विवादास्पद गाली सार्वजनिक रुपमै दिएको आरोप खेप्दै आएका छन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता