अपराधलाई राजनीतिक संरक्षण दिने काम बन्द गरौँ : अध्यक्ष थापा


काठमाडौं । १७ जनालाई इँटाभट्टामा जिउँदै जलाइएको घटनालाई अहिले राजनीतिकरण गर्न लागिएको छ । आज भन्दा झण्डै १२ वर्ष पहिले भएको घटनामा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको नाम जोडिएको छ । उनी जिउँदा मान्छेहरुलाई इटाभट्टामा पोलेर मारेको अभियोगमा पक्राउ परेका हुन् । अहिले यो विषय राजनीतिकरण हुन थालेपछि राप्रपा अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले मुख खोल्नु भएको छ । आलमको गिरफ्तारीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि उनको तिखो आलोचना भइरहेको छ। थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यो अपराध मात्र नभई आतंक भएको आरोप लगाउनु भएको छ ।

 

File Photo

यहाँ हेर्नुहोस् थापाको स्टाटस जस्ताको तस्तैः ‘निर्दोष शिक्षकलाई रुखमा बांधेर हत्या गर्ने,चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउंदो मान्छेलाई ईट्टा भट्टामा हालेर मार्ने कार्य अमानविय, जघन्य र आतंकाकरी गतिविधि हुन ।यस्ता अपराधलाई राजनीतिक रंग–संरक्षण दिने काम नगरौं।जतिसुकै बर्ष लागोस्,अपराधिले कदापि उन्मुक्ति पाउने छैन।अहिले राजनीतिमा अपराधीहरुको वर्चस्व छ,त्यसैले केही समय ढाकछोप गर्न सकिएला। संधै यस्तो रहन्न। एकदिन सत्य, धर्म र राष्ट्रवादको जित हुनेछ। त्यो दिन चांडै आउने छ र अवश्य आउंने छ। त्यसवखत आतंककारी, भ्रष्टाचारी र देशद्रोहीहरुलाई कानुनको कठघरामा खडा गरिने छ। उन्मुक्ति पाउने छैनन्।’

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षालाई लिएर यस्तो आयो त्रिविको नयाँ जानकारी [सुचनासहित]
शिक्षामन्त्रीका १९ महिना : ३६ काम
पढेको कुरा हुबउ याद गर्नको लागि यी ५ तरिका अपनाउँनुहोस्
परीक्षा तालिका सरेकोबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
अब नयाँ विद्यालय सञ्चालनमा रोक
हाम्रो सरकार

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल


सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी