काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएको भोलिपल्ट कात्तिक १३ गते सार्वजनिक बिदा दिनुपर्ने माग उठेको छ । प्रदेश नम्बर ३ का सांसद डाक्टर अजयक्रान्ति शाक्यले नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले कात्तिक १३ गते बिदा दिनुपर्ने माग गर्नुभएको हो ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार सरकारले तिहारमा १० देखि १२ गतेसम्म बिदा दिने निर्णय गरेको छ । तर १३ गते नेवार समुदायको दिन भएकाले बिदा दिन सरकारसँग माग गरे ।

‘पञ्चांग समितिले घडी, पला मिलाएर चाड–पर्वको साइत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई मिच्नेको छ,’ शाक्य भने, ‘सरकारले पनि पञ्चांगलाई आधार मानेर बिदा दिँदा नेवार समुदाय मारमा परेका छन् ।’

सांसद शाक्यले नेवार समुदायको परम्परा अनुसार सूर्योदय बेला जुन तिथि हुन्छ, उक्त दिन त्यहीँ पर्व मनाउने बताए । त्यसै परम्पराअनुसार कात्तिक १२ गते सूर्योदय हुँदा प्रतिपदा तिथि पर्ने, नेपाल संवतको नयाँ वर्ष ११४० मनाउने र बेलुकी म्ह पूजा गर्नुपर्ने प्रावधान छ ।

उनका अनुसार उक्त दिन भाइटीका गर्न नसकिने र १३ गते मात्र भाइटीका हुनेछ । त्यसैले भाइटीकाका लागि बिदा आवश्यक भएकाले उनले सरकारसँग बिदा माग गरिएका छन् ।

सम्बन्धित खबरहरु