काठमाडौं । राजनीतिक लाभका लागि आज भन्दा झण्डै १२ वर्ष पहिले विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलम बयान दिन तयार भएका छन् । यो बीचमा उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । आज न्यायाधीश चाणकमणि अर्यालको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यसअघि अदालतले ७ दिन थुनमा राखेर अनुसन्धान गर्न भनेको थियो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि गत असोज २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । २०६४ को पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटमा घाइते भएका दर्जन बढी व्यक्तिलाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर जलाएको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु