काठमाडौं । चितवन एकाएक रणभुमि बनेको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा विद्यार्थीसाग भएको विवाद साम्य भएपछि फेरि तोडफोड भएको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तसहितको भिडले आइतबार साँझ ५ बजे तोडफोड गरेको हो । नाकको अप्रेसन गर्न सिएमसी गएकी नवलपरासी मध्यबिन्दु नगरपालिका ९ की ३२ वर्षीय आशा ज्ञवालीको उपचारका क्रममा शनिवार मृत्यु भएको थियो । ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले आज यस्तो गरेका हुन् । घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको बताइएको छ ।

यही अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालको बुझाई रहेको छ । उहाँले के कति क्षति भयो भन्नेबारे विवरण संकलन भइनसकेको पनि स्पष्ट पार्नुभयो । अस्पतालले दिएको जानकारी अनुसारभित्र छलफल चलिरहेको अवस्थामा गएको भिडले मूल गेटको सिसा तोडफोड गरेका हो । तोडफोडपछि भिडलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो । कुरा नमिलेसम्म शव नलिने भन्दै अहिले अस्पतालमा राखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु