काठमाडौं । विशवको सबैभन्दा पुरानो भाषाहरुमा संस्कृत पनि एक हो । विश्व चर्चित अमेरिकन गायिका तथा हलिउड अभिनेत्रीको एउटा ट्वीटले हङ्गामा मच्चाएको छ । त्यो अरु केहि नभएर संस्कृतको एउटा श्लोक हो । लेडी गागाले संस्कृतमा ट्वीट गर्दै लेखेकी छन् ‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् ।‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् ।

https://twitter.com/ladygaga/status/1185651155201753088?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1185651155201753088&ref_url=https%3A%2F%2Fwww.himalpost.com%2Flady-gaga-tweet%2F

उनको ट्वीटपछि यो श्लोक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्टार गायिकाको ट्वीट पढेर पूर्वीय दर्शन मान्नेहरु पनि खुशी भएका छन् । नबुझ्नेले पनि यसको सन्देश बुझ्न खोजिरहेका छन् । ट्वीटलाई रिट्वीट गर्ने र प्रतिक्रिया जनाउनेको सङ्ख्या बढ्दो छ । लेडीको ट्वीटसँगै भारतीय र नेपाली फ्यान थप खुशी भएका छन् । किनभने संस्कृत भाषा पूर्वीय सभ्यताको जननी भाषा मानिन्छ । एजेन्सी

सम्बन्धित खबरहरु