
काठमाडौं । अमेरिकी सरकारले सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खोलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लाग्न थालेको हो । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । डिभी चिट्ठा आवेदन कात्तिक १९ गते मंगलबार राति १०ः४५ बजे बन्द हुनेछ । विगतका वर्षहरुमा अनिवार्य नगरिएको भए पनि यस वर्ष देखि अनविार्य गरिएको छ ।
